इलाम : देउमाइ नगरपालिका-१,मैदानेमा एक घर आगलागी हुँदा १६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
विहिवार विहान करिब ९ बजे राँके बजार नजिकै गोलियाटारमा रहेको राजु राईको सुनचाँदी,अन्न लत्ताकपडा,सिलिन्डर,भाँडावर्तन र भान्सा घर सहित एकतले घर पूर्णरूपमा जलेर नष्ट भएको चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी नायव निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पिडित शान्ता राई घरबाहिर काम गर्न गएको बेला छोराछोरीले भान्सा घरमा खाना पकाउने क्रममा ग्याँस चुल्होबाट आगो फैलिन गइ अचानक आगलागी भएको रक्से प्रहरी चौकीले जनाएको छ ।
पिडित परिवारलाई तत्काल खानेबस्ने अस्थाई व्यवस्था गर्न वडा नम्बर -१ का अध्यक्ष माधब बस्नेत सहितको उपस्थितिमा पहल शुरु गरिएको जनाएको छ । हाल उनका श्रीमान् छ महिना अघि देशिक रोजगारमा गएका छन् ।