नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काद्वारा खेलमैदानको शिल्यानास

  नयाँ बुलन्द  418 पटक हेरिएको

इलाम : नेपाली काँग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खडकाले खेल मैदानको शिल्यानास गरेका  छन ।  बुधबार जिल्लाको माइ नगरपालिका वडा नं ९ को मालबासेमा पुगेर खेलमैदानको शिल्यानास गरेका हुन ।

स्थानिय युवाहरु र खेलकुदप्रेमी अभिभावकहरुले स्थानिय सरकार निर्वाचित भएर आएको लामो समय बितिसक्दापनि उक्त क्षेत्रमा खेल मैदान निर्माणका लागि पटकपटक पहल गर्दा पनि निर्बाचित जनप्रतिनिधिले चासो नदेखाएको गुनासो समाजसेवी खड्का लाई राखेका थिए । स्थानियले खेलमैदान निर्माण गरिदिन आग्रह गरेपछी खड्काले मैदान निमार्णका लागी जेशिभी मेसिन उपलब्ध गराएका हुन ।

खड्काले आज खेलमैदानमा नै पुगेर खेलाडीलाई एक थान फुटबल दिएर सो मैदानको शिल्यान्यास गरेका हुन ।

साविक चिसापानीको वडा नं १ , २ ३ र ४ मा खेल मैदान निर्माणमा सहयोग गरेको भन्दै हर्षित भएका खेलाडी तथा स्थानियबासीले उनलाइ फुलमाला खादा ओडाएर स्वागत गर्दै धन्यबाद समेत दिए ।

शिल्यान्यास कार्यक्रममा उपस्थित स्थानियलाइ सम्बोधन गर्दे नेता खडकाले खेल मैदन निर्माण सम्पन्न भएपछि पनि यस किसिमको सहयोग गरिरहने प्रतिबद्धता छ्न ।

उनले खेलकुद स्वास्थका लागि पनि राम्रो भएको भन्दै उक्त स्थानमा एक खेलमैदानको आवश्यकता महसुस गरेर निर्माण गरिएको बताए ।

खड्काले जिल्लाका र जिल्ला बाहिर रहेका जो कोहि दुखि गरिब नागरिक , पाटिपौवा निर्माण , खेलकुद क्षेत्रमासहयोग गर्दै आएका छन । दुखी गरिबको साहारा भएकै कारण उनी राष्ट्रिय सम्मान बाट सम्मानित समेत भइसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार