नयाँबजारमा रक्तदान कार्यक्रम सम्पन्न

माईजोगमाई : इलामको माईजोगमाई गाउपालिकाको केन्द्र नयाबजारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोनाका कारण उत्पन्न भएको रगतको चरम अभावलाई थोरै मात्र परिपुर्ती गर्न भए पनि रक्तदान गरौ स्वास्थ जीवन जिऔ भन्ने मुल नाराका साथ माईजोगमाई गाउपलिका वडा न २ खोल्मेमा रहेको लभ्ली युवा क्लबको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा फिक्कल इलामको सह आयोजना रहेको थियो ।

बिर्तामोड् ब्लड बैङ्क (नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड) को प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जम्मा ६८ पिन्ट रगत जम्मा भएको थियो ।
रक्तदान कार्यक्रममा माईजोगमाई गाउपालिका का कर्मचारी प्रहरी प्रसासन राजनैतिक दलका प्रतिनिधि स्थानिय समाजसेबी, कर्मचारी,पत्रकार लगायतले रगत दिएका थिए ।रक्तदान कार्यक्रम नयाबजारमा रहेको पाचथर होटल एन्ड लजको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमको समापन माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले गरेका थिए । क्लवका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा फिक्कलका सभापती सुजन नेपालको प्रमुख आातिथ्यता र गाउपालिका उपाध्यक्ष साबित्रादेबी भट्टराईको विशेष आतिथ्यता रहेको थियो । लभ्ली युवा क्लबले यो अघि पनि विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार