पछिल्लो २४ घण्टामा थपिए २७३६ जना संक्रमित


पछिल्लो २४ घण्टामा थपिए २७३६ जना संक्रमित, २२ जनाको मृत्यु, ८५३ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ८५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।

सक्रीय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ११४१, ललितपुरमा १९३ र भक्तपुरमा ८६ जना संक्रमित थपिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार