संञ्चार कानुनमा मर्यादित पत्रकारिताको बुँदा पनि थपिन्छ : मन्त्री गुरुङ

काठमाण्डौँ :  संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभएको छ ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन कार्यक्रममा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो–‘मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक छ । यो पनि जानकारी गराउन चाहान्छु कि संञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’ मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको समेत बताउनुभयो ।

मन्त्रिले पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार