कोरोना त्राससंगै जोगी र गन्धर्वहरुको मोह बजार क्षेत्रमा

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : जातीय पेशाका रूपमा जोगी र गन्धर्व जातिले फेरी र साराङ्गी बजाउने चलन पहिल्यै देखि नेपालमा चलि आएको छ।
आधुनिक बाजागाजाले उनीहरुको पेसा ओझेल पर्न थाले पछि उनिहरुको पुर्खौली पेशाको अहिले धराप परेको हो।आफ्नो अस्तित्व बचाउँन र घर व्यबहार धान्न गन्धर्वहरु विभिन्न बस्तीहरुमा घुम्ने गरेको पाइन्छ।
उनिहरुले डुलेर जम्मा गरेको रकम र अन्न नै उनीहरुको मुख्य आम्ददानीको श्रोत हो।
दु:ख सुखका साथ श्रृगारिक भावले मनोरञ्जनात्मक नेपाली लोकभाका र लोकगीतलाई गाउँदै हिड्नु उनीहरुको पहिचान भएको बताउँछन् झापाको कचनकवल-२,स्थित पूर्वाञ्चल गन्धर्व साँस्कृतिक उत्थान समाजका सदस्य डम्बर गन्धर्व।अल्पसंख्यकमा पर्ने यी जातिहरुलाई राज्यबाट पर्याप्त सुविधा नपाएको गुनासो गर्छन् ।
सम्बन्धित पक्षमा आफुहरुले पनि पहल गर्नमा कम्जोर भएको उनी स्वीकार्छन्।
गन्धर्वहरु पहिला गाउँ घरका कुनाकुनामा घुम्ने गर्थे तर आजकाल उनीहरु शहर मुखी भएको गाउँका बुढापाकाको भनाइ छ।
तिहारमा देउसी भैलो खेल्न टाढा टाढाबाट गन्धर्वहरु आउँदा खुबै रमाइलो हुने गरेको बताउँछन् पाँचथर फाल्गुनन्द -७,का ९४ वर्षिय रणविर चेम्जोङ ।उनी भन्छन् -“गन्धर्वहरु मार्मिक साराङ्गीको धुन सङ्गै वास्ताविक घटनालाई गित बनाइ गाएका भाकाहरु कति सुनु सुनु लाग्दा हुन्थे।”

पातलो बस्तीमा घुमफिर गर्दा आफ्नो दैनिक ज्याला नउठ्ने हुँदा आफुहरु बाध्यताले बाक्लो बस्ती र बजार क्षेत्रमा भित्रनु परेको बताउँछन् तेह्रथुम नगरपालिका -२,ओयाक्जुङ्गका बिर्खबहादुर जोगी।
रातभर पानी झरी र निन्द्रा नभनी घरै पिच्छे फेरी फुक्दै हिड्नु सहज नभएको उनको भनाइ छ।
समय अनुकुल हुँदा १२ देखि १५ हजार सम्म मासिक कमाइ हुने गर्दथ्यो तर अहिले कोरोना महामारीका कारण समस्या परेको उनी बताउँछन्। पहिले कोशी पूर्वका जिल्ला र नेपालका सिमाना नजिकै भारतको सिक्किम,दार्जिलिङ र सिल्गुडी सम्म जाने गरेको भएता पनि आजभोलि कोरोनाबाट सतर्कता अपनाउँदै गाउँघरमै मुस्किलले घुम्दै गरेको उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार