गाउँपालिका अध्यक्ष सहितको टोली सूर्योदय हेर्न भू-मापन डाँडामा


रोङ : इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको बीचमा रहेको नेपाल सरकार नापी विभागको भू-मापन विन्दु रहेको डाँडाबाट सूर्योदयको दृश्य  अवलोकन गर्न रोङ गाउँपालिका अध्यक्ष शमशेर राई हितको रोङ बासी र सूर्योदय नगरपालिका ६ हर्कटेबासी सो डाँडा पुगेका छन् ।
पर्यटकीय स्थल तथा धार्मिक स्थल पाथिभरा मन्दिर र पर्यटकीय स्थल कन्यामको नजिक रहेको सो डाँडाबाट सूर्योदय सँगै कञ्चनजंघा हिमाल, अन्तुडाँडा, भारतका अधिकांश भू-भाग, तराईका समथर भूभाग, मेची नदी, सिद्धिखोला लगायत नेपालका धेरै भाग देख्न सकिन्छ । यसका साथै यहाँबाट विश्वकै अग्लो हिमाल सगरमाथा र कुम्भकर्ण हिमालको समेत दृश्य देख्न सकिने रोङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।

यस ठाउँको प्रवर्द्धन र विकास गर्न जरुरी रहेको पाथिभरा क्षेत्र विकास कोषका अध्यक्ष दौलथकुमार राईले बताएका छन् भने विशेष योजनाको साथ यसको  विकासमा जुट्ने गाउँपालिका अध्यक्ष शमशेर राईले बताएका छन् । पाथिभरा गिद्दे भीर हुँदै झण्डी धजे डाँडा सम्मको पदमार्ग पनि यसै ठाउँबाट हुने पनि अध्यक्ष राईले बताए तर सामुदायिक वनले गर्दा सो मार्ग निर्माण कार्य  रोकिएको उनले बताए ।

नेपाल सरकार नापी विभागले भू-मापन विन्दु राखेको स्थान करिब समुन्द्री सतहबाट २ हजार मिटरको अग्लो उचाइमा अवस्थित छ । मेची राजमार्गको हाँसपोखरी देखि करिब आधा घण्टा उकालो पैदल हिँड्दा पुग्न सकिने यस ठाउँको प्रचारप्रसारमा स्थानीय सरकार र स्थानीय बासिन्दा लागि परेको छ । भू-मापन विन्दुलाई स्थानीयले गुगल पोइन्ट भनेर प्रचारप्रसारमा लागेका छन् र सोही नामले प्रख्यात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार