जसपाका झापा अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव राईलाई पितृ शोक

 

 

इलाम : जनता समाजवादी पार्टीका झापा अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव दिपेनवाला राईलाई पितृ शोक परेको छ ।

कमल गाउँपालिका –६ निवासी उनका वुवा धनबल राईको ९९ बर्षको उमेरमा कात्तिक २२ गते शनिवार राती ८ वजे आफनै निवासमा निधन भएको हो ।

प्रजातन्त्र सेनानी राई प्रजातन्त्र प्राप्तिको आन्दोलनका पुराना योद्धाका रुपमा परिचित थिए । प्रजातन्त्र प्राप्तिका लागि भएको २००७ सालको आन्दोलन र २०१७ सालको आन्दोलनमा उनी सक्रिय थिए ।

२०१७ सालमा भारत दार्जिलिङ निर्वासित भएका उनी २०४१ सालमा नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनी सामाजिक गतिविधीमा सक्रिय भएका थिए ।

उनकी श्रीमती पम्फादेवी राई , चार जना छोराहरु शिवकुमार ,पदमकुमार , पर्शुराम र दिपेनवाला राई रहेका छन् । त्यस्तै उनका दुई जना छोरीहरु विष्णु र इन्द्र , नातिनातीनि रहेका छन् ।

उनका छोराहरु मध्ये दिपेनवाला लखनपुर रेडक्रसका सल्लाहकार , किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सदस्य लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।—पूर्वाञ्चलडेलीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार