पहाडको टाकुरामा भूमिगत पानी, खानेपानीको समस्या समाधान हुने विश्वास

इलाम : इलाम नगरपालिका वडा नबर ११ सोयाकका नरेन्द्र प्रसाद आचार्य पानी अभाबकै कारण आफुले आफु जन्मेको थाकथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सर्नु परेको बताउनुभयो । आचार्यका अनुसार पानी अभावकै कारण उहाँ मात्र होइन अधिकांशले घरबास छाडेर हिडिसकेका छन् ।

तर अहिले इलाम नगरपालिकाले बोरिङ मेसिनमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधानहुनेमा आफु ढुक्क भएको बताउनुभयो । इलाम जिल्लाको सदरमुकाममा रहेको इलाम नगरपालिकाले खानेपानीको संकट टार्न पहाडको टाकुरामा रहेको भूमिगत पानी अर्थात डीप बोरिङमार्फत समस्या समाधान गरेको हो । वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीयले गाउँ छाड्न थालेपछी गाउँ खाली हुने भएपछि नागरिकका लागि नगरपालिकाले बोरिङ गरेर खानेपानी निकालेको हो ।

नगरपालिकले ११ नबर वडा सोयाकमा डीप बोरिङ प्रविधिबाट पानी निकालिएसँगै खानेपानी आपूर्ति सहज बनेको छ । पानी अभावले थलिएका स्थानीयले हाल आवश्यकता अनुसार पानी पाउनेभएपछि राहत महशुस गरेका छन् । यो प्रबिधि प्रयोग गरेर पानी निकालेपछी पानी अभाबमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख महेश बस्नेतको भनाई छ । बस्नेतले भन्नुभयो “अब पानीको समस्या सकिएको छ । यहाँका नागरिकहरुले पानी खान पाइएन भन्नु पर्दैन । ”

जिल्लाको सदरमुकामका रहेको नगरपालिका भएर पनि भुगोलका हिसाबमा बिकट पनि रहेको छ । सडकलगायत खानेपानीको समस्या झेल्दै आएका सोयाक बासीले खानेपानीको समस्याबाट भने मुक्ती पाउने भएका छन् तर सडकको समस्या हिउँदमा नरहेपनि बर्खामा भने कष्टपूर्ण नै रहेको छ । बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको छ । हाल निकालिएको खानेपानी सुख्खा क्षेत्रका करिब १०० बडी परिवारको घरसम्म पु¥याइएको वडा अध्यक्ष रबिन एक्तेनको भनाई छ ।

एक्तेनका अनुसार क्रमिक रुपमा घरधुरी अनुसार खानेपानिको लाइन बिस्तार गर्दै लगिने समेत बताउनुभएको छ । आफु निर्बाचित भएर आएपछि सोयाकका नागरिकहरुलाई खानेपानिको सहज आपुति गरेर घरघरमा पानी पुर्याउन सफल भएको वडा अध्यक्ष एक्तेनको भनाई छ । इलाम नगरपालिक र नेपाल सरकारको बिशेस अनुदान मार्फत करिब दुई करोड ४७ लाख बडिको लागतमा निर्माण गरिएको आयोजनामा १ लाख लिटरको एक वटा , पचास हजार र तीस हजार लिटर क्षमताको एक एक वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ ।

पहाडको टुप्पोमा उक्त डीप बोरिङ प्रविधिबाट खानेपानी निकालिएपछि स्थानीय नागरिकको घर घरमा पानी पुग्न थालेपछी स्थानीयको दैनिकीमा परिवर्तन साथै सहजता हुने देखिन्छ । हिमालय टाइम्स बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार