इलाम : इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले आज माइभगवती बृद्ध आश्रममा रहेका बृद्ध बृद्धालाई कपडा बितरण गरेका छन ।
उनले जाडोमा मौसममा न्यानो ओडने कपडा र जनही नगद पाँचसय रुपैया बितरण गरेका हुन । खड्काले आश्रममा बस्ने गरु र कर्मचारीलाइ समेत कपडा उपलब्ध गराएका छन ।
आफ्ना पितृको नाममा माइभगवतीमा लगाइएको त्रिपिण्डी श्राद समापन पछि खानेकुरा सहित सो सामाग्री हस्तान्तरण गरेका थिए ।
उनले यस्ता सहयोगीकार्यले आफुलाई जीवन्त आर्शिबाद मिल्ने बताए । खड्काले जिल्लाका र जिल्ला बाहिर रहेका जो कोहि दुखि गरिबलाई सहयोग गर्दै आएका छन ।
दुखी गरिबको साहारा भएकै कारण उनी राष्ट्रिय सम्मान बाट सम्मानित समेत भइसकेका छन ।