नि:शुल्क खाद्यान्न वितरण

इलाम : गायक तथा पण्डित देवेन्द्र नेपाल (कौशिक) ले झापा माइधारका बृद्धबृद्धालाई खाद्यान्न वितरण गरेका छन् ।

उनले बुधबार बृद्धआश्रममा पुगेर खाद्यान्न वितरण गरेका हुन् । गायक तथा पण्डित नेपालले ३२ जना बृद्धबृद्धालाई प्रति बृद्धबृद्धा ३ हजार बराबरको सामान वितरण गरेका हुन्ए ।

गृह जिल्ला इलाम रहेका नेपाल हाल भारत बस्दै आएका छन् । भारतबाट दशैँ अघि नेपाल आएका उनले राहत स्वरुप निशुल्क सामान बितरण गरेको बताए । उनले ५ किलो चामल, एक एक किलो चिनी, दाल, नुन, तेल, राज्मा, चार किलो आँटा, लगायत साबुन, कपडा धुने पाउडर लगायतका सामान बितरण गरेका हुन् ।

त्यस्तै जाडोमा ओड्ने एक एक थान ब्लाङ्केट समेत बितरण गरिएको उनले जानकारी दिए । उनले आफ्नो परिवार सहित गएर सामान बितरण गरेका हुन् । आफुले बिदेशमा रहेर कमाएको केही रकम बृद्धबृद्धाको स्याहारमा लाग्ने गरि खर्च गर्न पाएकोमा खुसी समेत ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार