फिदिम लकडाउन

  फिदिम नगरपालिका दुई हप्ताका लागि निषेधाज्ञा

पाँचथर : समुदाय स्तरमा कोरोना फैलन शुरु भइसकेकोले रोकथाम तथा ब्यवस्थापनका लागि पाँचथरको फिदिम बजार दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

फिदिम नगरपालिकामा आज बसेको आकस्मिक वैठकले दुई हप्ताका लागि बजारक्षेत्र, ब्यवसाय तथा शैक्षिक क्षेत्र वन्द गराएको नगर प्रमुख ओनाहाङ बताउनुभयो  ।

बुधबार राती १२ बजे बाट आगामी मंसिर ४ गते सम्म ती क्षेत्र बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले बताउनुभयो ।

फिदिम नगरपालिका १ बजारमा मात्रै २४ जनामा गरिएको परिक्षणमा १४ जनामा पिसीआर रिपोट पोजेटिभ आएपछि निषेधाज्ञा गर्नु परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

यस्तै कोभिड पोजेटिभ देखिएका ब्यक्ति र तिनको सम्पर्कमा आएका ब्यक्ति तथा परिवारले आ—आफ्नो घरमा स्वअनुशासित भई होम क्वारेन्टाईन र आइसोलेशनमा बस्न नगरले आग्रह गरेको छ । स्वास्थ्य एवम् सुरक्षा सम्वन्धी मापदण्ड र आदेशको अवज्ञा गर्ने ब्यक्तिलाई संक्रामक ऐन २०२० बमोजिम कारवाही गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार