काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।