सुनसानमै वित्यो इलाममा यसपालिको दशैँ

सुनसानमै वित्यो यसपालिको दशैँ

इलाम : कोरोना महामारी र लकडाउनका कारण यस वर्षको दशैँ धेरैका लागि निकै खल्लो भयो । संक्रमण बढ्न सक्ने भएकाले आफु जुन अवस्थामा जहाँ बसिएको सोहि ठाउँबाट दशैँ मनाउन सरकारले आग्रह गरेसगै धेरैले जो जहाँ छ त्यही बसेर दशैँ मनाए । धेरैले यस बर्ष संचारको प्रबिघि प्रयोग गरेर दशैँ मनाए भने विशेष गरेर बिदेशमा रहेकाले प्रबिधिको प्रयोग गरेको पाइन्थ्यो । बिश्वलाई नै शिथिल पारिरहेको कोरोना भाइरसको कारण अरुबेला दशैँमा निकै भिडभाड हुने इलाममा यसवर्ष बिगत जस्तो चहलपहल देखिएन ।

गाउँघरमा न त पिङको मज्जा न त दशैंको मेला केही देखिएन । अरुबेला दशैंमा दशैं विशेष सास्कृतिक कार्यक्रम धेरै हुने गर्थे तर यसबर्ष कोरोनाका कारण त्यस्ता मनोरञ्जनका कुनै कार्यक्रम आयोजना हुन पाएन । त्यत्ति मात्र कहाँ होर रोजगारी तथा अन्य विविध कारणले देशका विभिन्न शहरमा भएका इलामेली दशैँ मनाउन आफ्नो थाकथलोसम्म आउन पाएनन् ।

नेपालीहरुको महान पर्ब दशँै धेरैले एक आपसमा खुशी साटासाट, ठूलाका हातबाट टीका जमरा अनि आशिर्बाद ग्रहण गरेर दशैँ मनाउने परम्परा छ तर यस बर्ष अघिल्ला बर्षमा जस्तो रौनक कहिँकतै देखिएन । बिदेशमा रहेका धेरै इलामेलीहरुले परदेशमा नै एक आपसमा खुशी साटासाट गर्दै मनाएको तस्वीर सामाजिक संजालमा देखियो । यस्तै इलामका हाट बजार होस् या गाँउघर बिगतको बर्षका जस्तो चहलपहल देखिएन । किसानदेखि कर्मचारी नै किन नहोस् अन्य समयमा कमाएको पैसा दशैँमा केही नै बढी खर्च गर्ने मनस्थितीमा रहेको हुन्छ । तर यस वर्ष कोरोनाका कारण धेरैले सोचे जती त के बिगत वर्ष जती कमाउन पनि सकेनन् । कमाई नै कमी भएपछि स्थानियले खर्च कम नै गरेका कारण बजारमा समेत बिगत वर्ष जती चहलपहल देखिएन । बिगत ७ महिना अघिदेखिको सटरको भाडा तिर्न नसकेका ब्यापारीहरुले दशैँमा केही होला भनेर सोचेका थिए र तर उनीहरुले सोचेजस्तो व्यापार नभएको ब्यापारीहरुको गुनासो छ । तर कोरोना महामारीमा ज्यान बचाउन सके पैसा पछि कमाउने हिम्मतमा समेत ब्यापारी रहेका छन् । उनीहरुले पहिला आफु बच्ने, अरुलाई सतर्कता अपनाउने र पछि कमाउने सोच समेत बनाएका छन् । दशैँ तिहार यस वर्ष मात्र हैन अर्को साल पनि आउने भएकाले सतर्क रहनु पर्ने उनीहरुको भनाई छ । बजारमा मात्र हैन इलामका गाउँघरमा समेत यसवर्ष चहलपहल सुन्य देखिएकोे सन्दकपुर गाउँपालिका ३ का नबिन खतिवडाको भनाई छ । बिगतमा बिदेशबाट आएका मानिसहरुसँग भेटघाट हुने, उनीहरुका अनुभव साटासाट हुने भएपनि यसवर्ष बिदेशबाट आएकाहरु समेत होम क्वारेन्टाइनमा रहेका कारण भेट नभएको र गाउँघरमा समेत चहलपहल कम भएको छ ।

यस बर्ष न त गाँउ घरमा लिङ्गे  नै देखिन्छ त रमाइलो मेला नै । यतिबेला कोरोनाकै महामारी बिच पनि देशका सवै क्षेत्रबाट राज्यलाई सहयोग पुग्ने खालका कामहरु गर्न आवश्यक छ । तर राज्यले पनि जनतालाई दिनुपर्ने सुविधाहरुमा बिचार पुर्याउनै पर्दछ । यो दशै तिहारमा आफु जोगिएर अरुलाई जोगाउनु आम सर्वसाधरणहरुको पनि उत्तिकै दायित्व हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार