नेपालमा जनगणनाः कहिलेदेखि थर लेख्‍न थालियो ?

  निनाम कुलुङ ‘मंगले’  201 पटक हेरिएको

त्यसो त हाल हिन्दु धर्मालम्बीहरुको एक मात्र महान चाड ! बडा दसैं अर्थात् विजया ‘दशमी’चली रहेकोले सोही विषयमा मैले पनि लेख लेख्नुपर्ने हो । जन समय सान्दर्भिक पनि हुन्थ्यो । तर, … तर आज म नेपालमा जनगणनाको सुरुवात र जनगणनामा थर लेख्ने प्रचलनको सुरुवात बारे केही जानकारी मूलक लेख लेख्दै छु ।

विश्वभरिका देशका सरकारले आप्mनो देशको जनसंख्या कति छ ?, त्यसमा पनि पढालेखा जनशक्ति कति छन् ?, पढालेखामा पनि कुन तह उत्तीर्ण गरेको कति छन् ?, स्वास्थ्य सेवा पाएका कति छन् ?, अलिअलि नपाएका कति छन् ?, आप्mनो देशका जनताका क्रय शक्ति कति छ ?, स्वरोजगार कति छन्, अर्ध बेरोजगार कति छन्, पूर्ण बेरोजगार कति छन् ? कुन क्षेत्रमा कति जनताले के कस्तो योगदान दिएका छन् ?, उनीहरुको आय र खर्चको सीमा कति छ ?, कति जनताले निजी क्षेत्रमा रोजगारी गर्छन् ?, कति जनताले सरकारी स्वामित्व भएको संघ–संस्थामा रोजगारी गर्छन् ?, उनीहरुको परिवार संख्या कति छ ? आदि इत्यादि बारे समग्र तथ्य–तथ्यांक संकलन गरेर सोहीअनुसार राज्यले उनीहरुका आधारभूत आवश्यक्तहरु जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी विकास निर्माण आदिका लागि नीति निर्माण र योजना तर्जुमा गर्ने गर्छ ।

यसरी जनगणना गर्ने क्रममा समय क्रमसँगै विश्वका मानिसहरु (समग्र जातजाति, भाषी, समुदाय, लिंग, वर्ग) मा आएको सोच्ने शक्त र चेनताको परवर्तनसँगै उसले म को हँु ? अथवा हामी को हांै ? भनी आपूmले आपैmलाई खोज्ने, चिन्ने र स्वपहिचान गर्ने क्रम तीव्र गति र व्यापक रुपमा चली रहेको देखिन्छ । खास गरी सन् १९८०÷८१ देखि युरोपबाट जातीय स्वपहिचानको राजनीति सुरु वा आन्दोलन अथवा भनौं स्वपहिचान दिने र लिने क्रम सुरु भएको मानिन्छ । यसरी जातजाति, भाषी, समुदाय, वर्ग आदि चिनिने मुख्य आधार भनेको सम्बन्धित देशको सरकारले हरेक १०÷१० वर्षमा गर्ने जनगणना नै हो भने, विभिन्न देशले आप्mनो देशको जातजाति, भाषी, समुदाय, लिंग, वर्ग आदिको उत्थानका लागि छुट्टै विकासे ऐन बनाएर विकास समिति, प्रतिष्ठान, आयोग, प्राधिकरण आदि पनि गठन गरेको हुन्छ ।

यसै सन्दर्भमा भन्नु पर्दा लगभग एक महिनाअघि ‘सार्बजनिक अनलाइन न्युज पोर्टल’मा एक समाचार आएको थियो । सो समाचारअनुसार आगामी १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा ‘खस जाति’ले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो÷मस्ट’ लेखाउने भन्ने उल्लेख छ । जुन समाचर आएको छ, सो समाचार धेरै राम्रो हो । किनभने, यसले ढीलै भए पनि ‘खस’जातिमा आएको जातीय स्वपहिचानका लागि आएको उत्कट चाहना, अभिलाषा वा भनौं चेतनाको विकासको उत्कर्ष हो ! भन्न सकिन्छ । त्यसैले खस जातिले जात वा जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने खस जातिहरुको कदम वा भनौं निर्णयलाई अत्यन्तै समय सान्दिर्भिक र सही कदम अर्थात् ‘सुल्टो बाटो !’ हिँडेको वा भनौं ‘सुल्टो बुद्घि !’ लगाएको मान्न सकिन्छ ।

तर, यसरी जनगणनाकै कुरो गर्दा हाम्रा ‘राई !’ जाति भन्ने र भनिने समूहका राईवाला कामरेडहरु भने खस समुदायभन्दा ठीक ‘उल्टो बाटो हिँड्ने !’ प्रयास गरी रहेका छन्, वा भनौं ‘उल्टो बुद्घि !’ लगाउने प्रयास गरी रहेका छन् । यस्तो ‘नाकाम’मा लाग्दा पन राईवाला कामरेडहरुलाई अलिकति पनि लाज–शरम लागी रहेको छैन, ग्लानी भई रहेको छैन । कस्तो अचम्म ! अझ त्यसमाथि हाम्रा ‘राई !’ जातिवाला समूहका कथित् विद्घान ! भन्ने र भनिनेहरु जसको नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद÷मुन्दुमविद (हामी कुलुङहरु रीदूम भन्छौं) संस्कृतिविद आदिको फुर्को जोडिएका कथित् विद्घान ! कामरेडहरु नै नाकको डाँडीमा चेस्मा÷चस्मा झुन्डयाउँदै कथित् ‘राई !’ जातिबारे आप्mनो पकेटको केही अनलाइन न्युज पोर्टलहरुमा ‘अन्टसन्ट !’ भाषण दिने, प्रवचन दिदैछन् , अन्तर्वार्ता दिदैछन्, कथित् राई जातिबारे सम्झाउने, बुझाउने भई टोपल्दैछन्, लेखहरु लेख्दै छन् । यसै क्रममा एकजना राईले त गर्नु नगर्नु उखर–माउलो नै गरे बा ! उखर–माउलो नै गरे बा ! ‘खुक्सङ … राई !’ नामका ती राईले कसरी उखर–माउलो नै गरे त ? भन्दा ! उनले राईको नयाँ ‘राई !’ भाषा नै बनाउनुपर्ने÷बनाउने अरे ! सो बारे उनले एक लेख नै लेखेका छन् । तर, मेरो व्यक्तिगत विचारमा ‘खुक्सङ … राई !’ नामका ती राईले राईको नयाँ ‘राई !’ भाषा बनाउनुभन्दा संस्कृत भाषालाई पो कथित् राई जातिको भाषा भनी लागू गरेदेखि राम्रो होला कि ?! त्यसो गर्दा ‘नेपालकाशासक वर्ग पनि खुशी !, “राई ! को नयाँ भाषा” बनाउने लेठाबाट पनि मुक्ति !!’ बजेट त कति आउला कति ??? ….

हुन त, ‘राई !’ कामरेडहरुलाई नेपालको भगौलिक एकीकरणपछि शासकहरुले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएको भन्ने वास्तविकता थाहा नभएकै होला त ? माथि उल्लेखित नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद÷मुन्दुमविद (हामी कुलुङहरु रीदूम भन्छौं) संस्कृतिविद आदिको फुर्को जोडिएका कथित् राई विद्घान ! कामरेडहरुले ‘आलु वा गोबर !’को विषयमा डाक्टर गरेर आप्mनो नामको अगाडि डाक्टर लेखेका त पक्कै पनि होइन होला ? त्यस्तै प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद (हामी कुलुङहरु रीदूम भन्छौं) आदिको फुर्को झुन्ड्याएका र नाकको डाँडीमा चेस्मा÷चस्मा झुन्डयाउँदै ‘अन्टसन्ट !’ भाषण दिने, प्रवचन दिने, लेख लेख्ने, अन्तर्वार्ता दिने विद्घान भनिने राई ज्युहरुले पनि ‘आलु वा गोबर !’को विषयमा … होइन नै होला !?

हुन पनि माझ किरातका खम्बुका सन्तानहरुलाई दिईएको पद वा पगरी हो, –‘राई !’ । सो –‘राई !’ पदलाई नै जाति मान्नुपर्ने भनी डंका पिट्दै हिँडी रहेका छन्, आप्mनो बुताले भ्याएसम्म प्रचारप्रसार गरी रहेका छन् । जबकि इतिहास हेर्दा नेपालको भगौलिक एकीकरण अघिसम्म किरातीहरु एकै रहेका थिए । नेपालको भगौलिक एकीकरणपछि वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावा लगायत खम्बुका सन्तानलाई ‘राई !’, पल्लो किरात (अरुण पूर्व) का याक्खालाई ‘देवान’ अनि लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी÷पगरी दिईयो । स्मरणीय के छ भने, हाल आएर सुनुवारहरुले आप्mना पिता–पूर्खा पाएको ‘मुखिया’ पदलाई जाति लेख्न÷मान्न छाडेका छन् । त्यस्तै याक्खा समुदायले पनि आप्mना पिता–पूर्खा पाएको ‘देवान’ पदलाई जाति लेख्न÷मान्न छाडेका छन् । अनि लिम्बु र लाप्चाले पनि आप्mना पिता–पूर्खा पाएको ‘सुब्बा’ पदलाई जाति लेख्न÷मान्न छाडेका छन् । तर, खम्बुका सन्तानहरुले भने अभैm पनि आप्mना पिता–पूर्खा पाएको ‘राई !’ पदलाई जाति लेख्नु÷मान्नु पर्ने वाध्यता वा जबरजस्ती गर्ने, किन नि ? बुझी नसक्न छ बा ! … ।

जे भए तापनि नेपालमा जनगणनाको इतिहास हेर्दा सर्व प्रथम विसं १९६८ मा पहिलोपटक आधिकारिक रुपमा राष्ट्रिय जनगणना भएको थियो । त्यो वेलाको श्री ३ महाराज अर्थात् चन्द्र शमशेर राणा सरकारले तत्कालीन नेपालको जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरुका लागि विकास बजेट छुट्याउने र नीति निर्माण गर्ने ढंगले भन्दा पनि आप्mनो ढुकुटी (खास राज्यकोष) मा कसरी र कति धन–सम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसावले र तत्कालीन भोटसँग युद्घ गर्न परेमा कति जवान ठिटोहरुलाई सिपाहीमा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ ।

यसरी हेर्दा केन्द्रीय तथ्यांक विभाग (केतवि) ले विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । सो जनगणनामा आएको विविध जातजाति, भाषाभाषी, धार्मिक समूह÷सम्प्रदाय आदि भनेको बुभ्mनेहरुका लागि वास्तवमै नेपाल भन्ने देश विविधाले भरिपूर्ण रहेको ‘साझा फुलबारी’ हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार व्यवहारिक ढंगले नीति निर्माण नगर्नु, उनीहरुका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएका जातजाति र भाषाभाषीहरुले नपाउनु लगायत अनेक दुःखका कथाहरु बेग्लै छन् । जे होस्, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीमध्ये एक हो –‘कुलुङ जाति ।’ तर, नेपाल सरकारको मातहतमा रहेको र, विकासे ऐन अन्तर्गत तत्कालीन स्थानीय विकास मन्त्रालय मातहत गठित ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) मा भने सरकारले कुलुङ जातिलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेको छैन । फलतः अभैm पनि कुलुङहरुले ‘म … कुलुङ’ भनेर परिचय दिँदा ए … ‘कुलुङ भनेको त ‘राई !’ होइन र ? भनी जवाफ दिनेहरु धेरैै भेटिन्छन् । हामीले पनि –‘कुलुङ नभएर राई ! भए त कुलुङको सट्टा राई ! नै भनी हाल्थ्यौं नि !’ भनी जवाफ दिने गरेका छौं । यस्तो भ्रम पर्नेहरुमा अरु त अरु नै भई गए, माथि उल्लेखित भाषाविद्, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद, मुन्धुमविद् (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन्), मानवअधिकारवादी, आदिवासी जनजाति मूलका नेता हौं भन्नेहरु नै धेरै छन् ।

खासमा ‘कुलुङ’ भनेको नेपालका अन्य जात वा जाति जस्तै एक स्वतन्त्र जातीय अस्तित्व भएको जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर÷उपथरहरु रहेको छ । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर÷उपथरहरु छन् । त्यसैले त ‘कुलुङ–कुलुङ’बीचमै विवाहवारी चल्ने गर्छ । फेरि हामी कुलुङहरु रगतको नाता नबार्ने, दूधको नाता मात्रै बार्ने जात समूह (मसलमान) पनि त होइनौ !

यसरी जनगणनाको सन्दर्भमा लेख्नै पर्दा विसं १९७६ को इस्तिहारमा पुग्नुपर्ने हुन्छ । जुन इस्तिहारमा गणकले जात जाति छुटाउन गाह्रो भयो भने “तालुकदारका चित्तले जुन सह्रलेख्ने ठहर हुन्छ सो लेखे हुन्छ, मानिस गन्तीमा फरक परेमा बात लाग्छ” भनिएको छ । त्यो भनेको के हो ? मेरो व्यक्तिगत विचारमा त्यो वेलाको सरकारलाई जात वा जातिको खासै मतलब थिएन । तर, जनसंख्याचाहिँ फरक पर्नु भएन भन्ने नै हो । त्यस्तै त्यो वेला जारी गरेको सो इस्तिहार (हालको राजपत्र जस्तै होला, त्यो वेला इस्तिहार भनेको) मा गणक वा सुपरभाइजरलाई ‘व्राम्हणजातको कुनै पनि थरअनुरुपको जनसंख्या नछुटाई ल्याउने आदेश÷उर्दी !’ जारी गरिएको थियो । सन्दर्भ स्रोतः ‘जनजाति’ वर्ष १, अंक १–२ मा प्रकाशित बालकृष्ण माबुहाङको लेख । अब हेरौं त ! बाहुन अर्थात व्राम्हणजातका त्यो वेलैदेखि (लगभग १७६ वर्षअघि नै) थर लेख्ने प्रचलन सुरु भएको रहेछ । संभवतः क्षेत्री, ठकुरी, शाह, राणा, सन्यासी लगायतको हकमा पनि सोही नीति लागू भयो होला ।

तर, हामी आदिवासी जनजतिहरुले त धेरै कमैले मात्रै जनगणनाको तथ्यांक र नागरिकतामा आप्mनो जात र थर लेख्ने गरेका छौं । बल्ल–तल्ल केही आदिवासी जनजातिहरु जात र थर लेख्न थालेका छन् । तर, सबैभन्दा दुःखको कुरो किराती खम्बुका सन्तान जो कुलुङ लगायत छन् उनीहरुले भने बल्ल आप्mनो पिता–पूर्खाले पाएको ‘राई !’ पद त्यागेर कुलुङ भनी आप्mनो जातले चिनिदैछन् । कुलुङले कहिले थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो आदि लेख्ने बित्तिकै बाहुन अर्थात व्राम्हण, क्षेत्री, ठकुरी, शाह, राणा, सन्यासी लगायत जस्तै आप्mनो थर हो भनी अरु जात वा भनौं जातिहरुले कुलुङलाई चिन्ने ? बाहुन अर्थात व्राम्हण, क्षेत्री, ठकुरी, शाह, राणा, सन्यासी लगायतले जनगणना र पछि नागरिकताको प्रचलन आएपछि नागरिकतामा आप्mनो थर लेख्न (स्मरणीय छ नागरिकता ऐन–२०२० मा आप्mनो थर लेख्नुपर्ने व्यवस्था छ) थालेको १७६ वर्षसम्म पनि हामी ‘राई !’ भन्नेहरुले नेपालको भगौलिक एकीकरणपछि सिंगो किरात भूमिलाई फुटाएर माझ किरातका खम्बुका सन्तानहरुलाई दिईएको ‘राई !’ पदलाई नै जात वा जाति लेख्नुपर्ने÷मान्नुपर्ने वाध्यतात्मक स्थिति अभैm कायम छ ! भर्खर (विसं २०६८ देखि) कुलुङ लगायत १२ वटा किरातीहरुले आप्mनो असली जात लेख्ने क्रम सुरु भएको छ ।

त्यसमा पनि ‘राई यायोक्खा‘ नामक एनजिओले कन्धनी कसेर भाँजो हाल्ने गरेको त सबैमा विधितै छ । अब कहिले बाहुन क्षेत्रीहरुले जस्तो अप्mनो थर पोखरेल, घिमिरे, थापा, बस्नेत, कार्की आदि लेखे जस्तो कुलङ लगायत किरातीहरुले आप्mनो थर अर्थात् थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो आदि लेख्ने ?

थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार