काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यलाई पनि राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसअघि, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उहाँकी धर्मपत्नी राधिका शाक्यलाई दशैंको टीका लगाइदिनुभएको थियो ।
प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामै रहनुभएकाले प्रधानमन्त्री ओलीले यस वर्ष बुवाको हातबाट दशैंको टीका लगाउन पाउनुभएन ।