माइजोगमाई गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण

संक्रमितलाई होम आइसोलेसनमा राखिने

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका थप ६ जनामा कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण पुष्टी भएको छ । संक्रमित सबै माइजोगमाई ३ नामसालिङ्गको शुक्रबारे बजार क्षेत्रका रहेका छन् । गाउँपालिकाको ३ नं वडाको शुक्रबारेमा रहेको नामसालिङ्ग अस्थायी प्रहरी चौकीमा कार्यारत एक जना प्रहरी जवानमा जिल्ला बाहिरै रहँदा कोरोनाको संक्रमण देखिए पछि उनको सम्पर्कमा रहेका ३५ जनाको स्वाव परिक्षणका लागि पठाइएको थियो ।

परिक्षणका लागि पठाइएका ३५ जना मध्ये ६ जनाको रिपोर्ट कारोना पोजेटिभ आएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । शनिबार कोरोना संक्रमण पुष्टी भएका मध्ये एक जना जनप्रतिनिधी रहेका छन् । संक्रमित सबै क्वारेन्टाइन बाहिर रहेका हुन् । यो सँगै माइजोगमाईमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

संक्रमित सबैलाई होम आइसोलेसनमा राख्ने

संक्रमित सबैलाई होम आइसोलेसनमा राख्ने र चाडपर्वको समय पनि भएकाले तत्कालका लागि शुक्रबारे बजार शिल नगरिने वडा नं ३ का अध्यक्ष यामप्रसाद लामाले जानकारी दिएका छन् । संक्रमण पुष्टी भएकाहरुमा कोरोनाको लक्ष्ण नदेखिएकाले होम आइुसोलेसनमा राखिने स्वास्थ्य शाखा प्रमुख देबले बताए । शनिबार साँझ स्वास्थ्यकर्मी जनप्रतिनिधी तथा सरोकारवालाहरु बीच भएको छलफलले तत्काललाई संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने र बजार शिल नगर्ने निर्णय भएको देवकले जानकारी दिए । साथै संक्रमितको सम्पर्कमा आएकाहरुको तत्काल स्वाव संकलन नहुने भएको छ । दशैँको विदाका कारण सरकारी स्वास्थ्य संस्थाहरु बन्द रहेको र स्वाव लिन नमानेकाले उनीहरुको स्वाब दशैँ विदा पछि मात्र संकलन गरी परिक्षणमा पठाइने प्रमुख देवको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार