‘थप दायित्व बोधको अनुभुति भइरहेको छ’ : अध्यक्ष जितबहादुर राई

लामो समयसम्म रिक्त रहेको स्थानीय तहमा जनताले जनप्रतिनिधि पाएका छन् । आफैंले चुनेको प्रतिनिधिबाट आफ्ना समस्या सुल्झाउन पाउँदा जनतामा खुसी छाएको छ । जनताका तमाम समास्या र आकांक्षा पूरा गर्दे आएको स्थानीय तहमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभावबाट अछुतो छैन । कोभिड-१९ को प्रभाव,  पालिकामा भइरहेका गतिविधि, कार्यक्रम, योजना तथा कार्यान्वयन लगायतका विषयमा इलामको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईसँग नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले गरेको संवादको सम्पादिक अंश :

जनप्रनिधिका रूपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?

मैले नयाँ र नौलो किसिमको अनुभव गरिरहेको छु र यसलाई एउटा अवसरको रुपमा पनि मैले लिएको छु । यो नयाँ व्यवस्था भएको करणले अत्यन्त एउटा महत्वपूर्ण दायित्वयको रुपमा बुझेर गाउँपालिका र स्थानिय जनतालाई कसरी समृद्ध-शान्ति अमन चयन र शुसासनको प्रत्याभुति गराउन सकिन्छ भन्ने कुराहरुलाई अनुभव लिएर अगाडि बढिरहेको छौं । स्थानीय सरकारले यसको आफ्नै किसिमको सवैंधानिक अधिकारहरु छन् । ती अधिकारहरुलाई पुरा गर्नको निम्ति २२ वटा कानुन निर्माण गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने ज्यादै महत्वपूर्ण जिम्मेवारी भएको कारणले थप जिम्मेवारी दायित्व बोधको महत्वपूर्ण अनुभुति गराईरहेको छ ।

तपाइँको स्थानीय तहमा कोरोना भाइरस (कोभिड-१९) को अवस्था, र त्यसले पारेको प्रभाव कस्तो छ ?

कोरोना भाईरस (कोभिड १९) एउटा विश्वव्यापी रोग हो । यसबाट हाल कुनै पनि देश अछुतो छैन । यो रोग र भोगबाट जन्तालाई बचाउन पर्ने एकातिर दायित्व छ भने स्थानीय सरकारको आफ्नो जिम्मेवारीहरु पूरा गर्दै अगाडि बढ्नु पर्ने बाध्यता परिरहेको छ । यसले गर्दा हाम्रो समाज, पालिका विकास निमार्णको क्षेत्र, शैक्षिक क्षेत्रमा सामाजिक क्षेत्रमा पर्यटनको क्षेत्रमा धार्मिक सांस्कृतिकको क्षेत्रमा यसले हामीलाई अगाडि बढनका निम्ति एउटा चुनौति भइरहेको अवस्था छ ।

अहिले जोखिमको अवस्था कस्तो छ ?

कोरोना भाईरसको जोखिम अत्यन्त संवेदनशील बन्दै गईरहेको छ ।  तर यसलाई व्यवस्थापन गर्न सकिन्छ । यसका समाधानका उपायहरुबाट सचेत रहँदै अगाडि बढ्नु पर्ने बाध्यत्मक परिस्थिति छ ।

तपाईंको पालिकामा जनताले अनुभूति गर्ने खालका विकास निर्माणमा भएका प्रगतिहरु के-के छन् ?

यस माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारदेखि फिक्कल सम्मको १९ किलोमिटर बाटो कालोपत्रे हुन सुरु भइसकेको छ । पालिकाको सदरमुकाम नयाँबजारमा आरसिसि पिच भैसकेको छ । डम्पिङ साईड जाने बाटोको केहि भाग समेत आरसिसि पिच भईसकेको । अन्य पनि क्रमश हुँदै गरेको छ । यस पालिकाभित्र रहेका दुईवटा नमुना विद्यालयको निर्माण कार्य भइरहेको छ । ८० प्रतिशत विद्युतका पोलहरु पुगि सकेको छ । माईजोगमाई गाउँपालिकाको आफ्नै माईजोगमाई विद्युत फिडर निर्माण भइसकेको छ । २१ वटा भन्दा बढि ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । बाँकी विद्युतको क्षेत्रमा अन्य काम पनि भईरहेका छन् । त्यस्तै दुईवटा धार्मिक विद्यालयहरु स्थापना भएका छन् । वौद्ध र संस्कृति विधामा विद्यालयहरु संचालन भइरहेका छन् । सात तले झरना र माईबेनीको विस्तृत परियोजना अध्ययन (डिपिआर) भई काम अगाडि बढिरहेको छ । २५ बेडको हस्पिटल १९ करोडको लागतमा माईजोगमाईको सदरमुकाम नयाँबजारमा सुरुवात भईसकेको छ । कोरोना र आयुर्वेदिक हस्पिटलको स्थापना भई कार्य अगाडि बढिरहेको छ । अत्यन्त दुर्लभ लोपोन्मुख जनावर हाब्रे (रेड पाण्डा) को चित्र आफ्नो पालिकाको लेटरहेडमा लोगोको रुपमाराखि संरक्षण कार्य अगाडि बढाईएको छ । माईजोगमाई गाउँपालिकाको गीत (गान) निर्माण भइसकेको छ । माईजोगमाई गाउँपालिकाको ६ वटै वडा कार्यालय र सदरमुकाम जोड्ने बाटोहरुको डिपिआर भई स्तरोन्ति हुने काम भइरहेको छ । माईजोगमाईको सदरमुकामदेखि माईजोगमाई तुम्लिङ मेघमा जोडने बाटोहरु स्तरोन्नति भइरहेको छ । नयाँबाजारदेखि दुधाङ हुँदै इलाम जोड्ने बाटो एडीबीको सहयोगमा डिपिआर भइसकेको छ र अब कालो पत्रे हुने काम सुरु हुँदैछ । बालमैत्री रुपमा यस माईजोगमाई गाउँपालिकालाई घोषणा गरेका छौं ।

६ वटै वडामा स्वास्थ्य सेवा सुचारु छ । स्वास्थ्य खानेपानीहरुको कार्यहरुलाई अगाडि बढाएका छौं । गुम्बा मन्दिरहरु निर्माण कार्यहरु भइरहेको छ । यस पालिकाको डकुमेन्ट्रिको निर्माण कार्य भइरहेको छ । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्ने लाई दण्डको व्यवस्था गर्ने कार्य लाई अगाडि बढाइएको छ । पर्यटकीय स्थल थुम्केलाई थुम्के रानी नामाकरण गरी पर्यटनको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । जसबाट इलामका १० वटै स्थानीय तहहरु देखिन सकिने र सूर्योदय र सूर्यस्त समेत राम्रो सँगले हेर्न सकिन्छ । र इलाम जिल्लाको सम्पूर्ण धार्मिक र पर्यटकिय क्षेत्रहरु यहींबाट अवलोकन गर्न सकिन्छ । साथै छिमेकी देश भारत दार्जिलिङको टाइगर हिल, सुनदह र कर्सङ समेत यस थुम्केरानीबाट अवलोकन गर्न सकिन्छ । यो लगायत अन्य ससाना देखिने गरि निर्माणका कार्यहरु भइरहेका छन् । पालिकाको भौतिक संरचना निर्माण भइरहेको र बालागुरु रंगशालाको निर्माण कार्य भइरहेको छ । साथै यस पालिकाभित्र रहेका विभिन्न पोखरी ताल तलैयाहरुको समेत संरक्षण गर्ने कार्य अगाडि बढिरहेको छ । आधुनिक बधशाला निर्माण कार्य सम्पन्न भई सुचारुको अवस्थामा रहेको छ ।

जनप्रतिनिधिहरुमा बुझाईको एकरुपता नहुनु, नियम कानुनहरु छिनछिनमै परिवर्तन हुनु, जनचेतनाको अभाव, कर्मचारीहरुको अभाव, विषयको ज्ञानहरुमा कमी, आवश्यक कानुनहरु निर्माण नहुनु र कानुनहरु आफैं बनाउनुपर्नेलगायतका समस्याहरु सामना गर्नुपर्‍यो ।

तपाइँको पालिकामा यो वर्ष प्रमुख प्राथमिकतामा परेको विकास योजनाहरु के-के हुन् ?

यस पालिकाको विभिन्न भौतिक पूर्वाधार सडकहरु कालोपत्रे, हस्पिटल निर्माण, शिक्षामा आफ्नै पाठ्यक्रम बनाई लागु गराउने, पर्यटनको क्षेत्रलाई अगाडि बढाउने र यो कोभिड १९ बाट बचाउने लगायतका विषयहरु प्राथमिकतामा राखिएका छन् ।

तपाईंको पालिकालाई नमुना पालिका बनाउन के गर्न आवश्यक छ ?

पूर्वाधारको क्षेत्र जस्तै बाटो कालोपत्रे, हस्पिटल निर्माण गर्ने, शिक्षालाई गुणस्तरीय बनाउने पर्यटन प्रवर्द्धनको विकास गर्ने, धार्मिक साँस्कृतिक एवम् सामाजिक सद्भावनाको विकास गरि सामाजिक एकता गराई पालिकालाई नमुना बनाउन सकिन्छ ।

तपाईको पालिकामा सडक संजालको अवस्था कस्तो छ ?

यस पालिकाका सबै वडाहरुमा कच्ची सडकहरु पुगिसकेका छन् । साथै क्रमश स्तरोन्नति समेत भइरहेका छन् । मापदण्ड अनुसारको सबै सडकहरु डिपिआर भई कालोपत्रेको काम अघि बढिरहेका छन् ।

सडकको स्तर उन्नतीका लागि पालिकाले के काम गरिरहेको छ ?

डिपिआर गरी कालोपत्रेको समेत काम अगाडि बढिरहेको छ ।

सिंहदरबार गाउँगाउँमा पुग्यो, निम्न वर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, तर जनताले त्यसको अनुभूति गर्न पाएनन् भन्ने गुनासो सुनिन्छ नि ?

सिंहदरबारको अधिकारहरु गाउँगाउँमा संविधानले दिएको छ । तर यसलाई पुरा गर्न केहि कानुनी बाधा अड्चनको कारणबाट जति अनुभुति गर्नु पर्ने त्यति छैन । तर पनि त्यसलाई पूर्णता दिन र जनताहरुलाई सुशासन अनुभुति गराउने कार्यमा गाउँपालिका अगाडि बढिरहेको छ ।

विकासका लागि तपाइँको पालिकामा बजेटको पर्याप्तता कस्तो छ ?

जति हुनु पर्ने त्यति पर्याप्त मात्रामा छैन । तर पनि विकासका आधारहरु सुरु गराउनको निम्ति ठिकै नै छ  ।

केन्द्र र प्रदेश सरकारबाट सहयोग कस्तो पाइराख्नुभएको छ ?

केन्द्र र प्रदेश सरकारबाट हालसम्म राम्रै सहयोग भइरहेको छ ।

काम गर्ने सिलसिलामा के-कस्ता समस्याहरु सामना गर्नुपर्‍यो ?

जनप्रतिनिधिहरुमा बुझाईको एकरुपता नहुनु, नियम कानुनहरु छिनछिनमै परिवर्तन हुनु, जनचेतनाको अभाव, कर्मचारीहरुको अभाव, विषयको ज्ञानहरुमा कमी, आवश्यक कानुनहरु निर्माण नहुनु र कानुनहरु आफैं बनाउनुपर्नेलगायतका समस्याहरु सामना गर्नुपर्‍यो ।

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा समस्या भएका उदाहरणहरु प्रशस्तै छन्, तपाइँको स्थानीय तहमा कर्मचारीसँगको काम गर्ने वातावरण कस्तो छ ?

अरु स्थानिय तहको बारेमा के छ त्यो जानकारी छैन । तर यस पालिकामा जनप्रतिनिधि र कर्मचारीहरुको बिचमा समन्वय र सहकार्यको आधारमा एकमनाका साथ काम तथा योजनाहरुलाई अगाडि बढाइरहेका छौं । कर्मचारी र जनप्रतिनिधिहरु बिच बलियो एकता र सम्बन्ध रहेको छ ।

अब तपाईको कार्यकालमा गर्न बाँकी तपाईका योजनाहरु के-के छन् ?

अहिले सुरु भएका तर पूर्णता नपाएका सबै विकास निर्माणका योजनाहरुलाई मेरो कार्यकालमा पूर्णता दिनु नै मेरो मुख्य जिम्मेवारी हुनेछ । तसर्थ ती योजनाहरुलाई नै प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनेछु  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार