दशैको मुखमा गाउँमै बाडियो सामाजिक सुरक्षा भत्ता

घण्टौ लामो बाटो हिडेर लिँदै आएको भक्ता गाउँमै पाउँदा राहत मिल्यो

सामाजिक सुरक्षा भक्ता वितरण गर्दै वडाध्यक्ष तुलसीजंघ थापा लगायत
सामाजिक सुरक्षा भक्ता वितरण गर्दै वडाध्यक्ष तुलसीजंघ थापा लगायत

तेह्रथुम,कार्तिक

 तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भक्ता बितरण गरेको छ । कोरोना भाईसरका कारण बैकिङ प्रणालीमा जोखिम हुन सक्ने भएकाले नागरिकहरुलाई गाउँका टोल टोलमै भत्ता बितरण गरीएको छथर गाउँपलिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीजंग थापाले बताउनुभयो ।

गाउँ गाउँमा यातायातको पहुँच सँग नजोडिएका नागरिकहरुले गाउँमै भत्ता पाएपछी खुशी ब्याक्त गरेका छन । गाउँबाट घण्टौ लामो बाटो हिडेर लिँदै आएको भक्ता गाउँमै पाउँदा राहात मिलेको छथर ३ लाल बहादुर लिम्बुले बताउनुभयो । वडाध्यक्ष र वडा सचिवको रोहबरमा नागरिकहरुलाई गाउँ गाउँमै भक्ता बितरण गरीएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार