इलाममा सवारी अनुगमन तिब्र

इलाम : सरकारले सवारी साधनहरुलाई यात्रुहरुबाट पहिला नै कामय भएको मात्र भाडा लिन आग्रह गरेपनि ब्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको गुनाशो बढेपछि इलाममा यसको प्रभावकारी अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, यातायात ब्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको टोलीले सडकमा यसको अनुगमन गरिरहेको हो ।

आज मात्र इलाम नगरपालिका ७ धोविधारामा ११३ वटा सवारीको अनुगमन गरिएको छ । जसबाट ५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द दाहालले जानकारी दिए। उनका अनुसार मोटर साइकल, ट्याक्सी, बस, अटो लगायत गरेर ७ प्रकारका सवारी साधनको चेकजाँच गरिएको थियो ।

यस अगगाडी समेत मेची राजमार्गका बिभिन्न क्षेत्रमा चेकजाँच गरिएको थियो । कोरोना महामारीका बिच कम संख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो । तर लकडाउन खुले पनि सवारीहरुले वढि नै रकम लिने गरेको गुनाशो वढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ । बिशेष गरेर ग्रामिण क्षेत्रबाट कुद्ने सवारीहरुले दोब्बर सम्म भाडा लिने गरेको गुनाशो यात्रुहरुबाट आउने गरेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार