विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म विप्लव नेतृत्वको नेकपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो ।’

सरकार कोरोना महामारीको यस विषम परिस्थितमा असंवेदनशील र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सबै नागरिकको निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउन विप्लव नेकपाले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार