हत्याको अभियोगमा इलामका एक युवा पक्राउ

  नयाँ बुलन्द  159 पटक हेरिएको

इलाम : गत असोज २९ गते इलामको माई नगरपालिका वडा नं. १ बिहिबारेमा हत्या गरिएका शिक्षक पुष्पराज राईको हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका पदम बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय, इलामबाट प्रहरी उपरीक्षक नबिनराज राईको सहितको प्रहरी टोली घट्नास्थलमा खटिएको थियो । घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियारद्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप प्रारम्भिक अनुसन्धानमा सहयोगको लागी तत्कालै संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा “लैला” नामको ट्रयाकर कुकुर झिकाई ट्रयाकिङ गराई मृतक लाशको घट्नास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी लाश पोष्टमार्टमको लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाएको हो ।
घट्‍नामा संलग्‍न राईलाई नियन्त्रणमा लिई, घट्‍ना घटाउन प्रयोग भएको खुकुरी तथा अन्य सबुत संकलन गरी जिल्ला अदालत इलामबाट हिरासतमा राख्‍ने अनुमति लिई थप अनुसन्धान भईरेहको छ । प्रारम्भिक अनुसन्धानमा निज राईले घट्‍नामा आफ्नो संलग्‍न भएको कुरा स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार