सहायक सिडिओ खड्काको नेतृत्वमा बजार अनुगमन

  टीआर सेनेहाङ
0 Shares

बजार अनुगमन गर्दै स.प्र.जि.अ भक्तबहादुर खड्का
बजार अनुगमन गर्दै स.प्र.जि.अ. भक्तबहादुर खड्का

तेह्रथुम , २ कार्तिक
चाडपर्वको अवशरमा हुनसक्ने कालाबजारीलाई नियन्त्रण गर्नका निम्ती जिल्ला प्रसासन कार्यलय तेह्रथुमले म्याङलङ र जिरिखिम्ती बजारको अनुगमन गरेको छ । बजारको अवस्थालाई चुस्त दुरुस्त राख्नका निम्ती सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमन टोलीले आईतबार जिरिखिम्ती बजारका बिभिन्न पसलहरुबाट म्याद गुज्रेका खाद्य तथा अभाद्य वस्तुहरु जफत गरेको छ ।

म्याद गुज्रिएका खाद्य बस्तुमा अधिकांश मसला,चिउरा,दालमोठ,बिस्कुट रहेको र पेय पदार्थमा डिउ,सस लगायत रहेको जिल्ला प्रसासन कार्यलयका नायब सुब्बा महानन्द रिजालले बताउनुभयो । त्यसै गरि हार्डवेरमा प्रसस्त मात्रमा ईनामेल म्याद गुज्रिएको अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा व्यापारीहरुलाई मुल्यसुची राख्न,प्यान,भ्याट लगायतका कागजात नविकरण गर्न सुझाव दिईएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । अनुगमन टोलीमा प्रसासन,प्रहरी,जनप्रतिनिधी तथा संचारकर्मी सहभागी रहेका थिए । टोलीले यसअघि म्याङलुङ बजारका बिभिन्न पसलहरुमा अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार