किसानले उत्पादन गरेको सब्जी बिक्रि हुन थाल्यो

  विमल अधिकारी
0 Shares

देउमाई :  पश्चिमी इलामको देउमाई नगरपालिकामा साग सब्जी किनबेच हुन थालेको छ ।

गाग्रे भञ्ज्याङ् बेलासे सडक ग्राभेल भएसँगै देउमाइका जितपुर, सिद्दिथुम्का लगायतका ठाउँबाट नियमित जस्तो सब्जी किनबेच हुन थालेको हो ।

स्थानीय ब्यापारीले घर घर बाटै स्कुस, काक्रा, फर्सी, इस्कुसको टुप्पा, बिँ, साग लगायतका सब्जी उठाउन थालेका छन् ।

उक्त सब्जी झापाको बिर्तामोड मा बेचिने गरिएको छ। यो सँगै यहाका कृषक हरु सब्जी खेतीतर्फ आकर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार