पछिल्लो २४ घण्टामा ४०४७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा २२८३ सहित ४०४७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भइ १४७३ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा २२८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार