पाँचथर : एशियन लाइफ इन्स्योरेन्स इलाम शाखाले पाँचथरको मिक्लाजुङ ४ रबिमा आफ्ना अभिकर्तालाई एक दिवसीय पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
इलाम शाखाका शाखा प्रबन्धक गणेश तिम्सिना, उपशाखा मंगलबारेका उपशाखा प्रमुख पुर्ण बस्नेत, सुरेश भट्टराई, सीता कार्कीलगायतको उपस्थितीमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा लुम्दे, फुएत्पा, इभाङ, चिसापानी पन्चमी, लिम्बाका गरि १६ जना अभिकर्ताको सहभागिता थियो ।
कार्यक्रममा प्रबन्धक तिम्सिनाले बिमित मनिष तामाङको मृत्यु भएको कारण निजको आमा चिन्माया तामाङलाई १ लाख ३५ हजार ३ सय बिमा रकम हस्तान्तरण गरेको नयाँ बुलन्दकर्मी खगेन्द्र निरौलाले जानकारी दिए ।