२०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु


काठमाडौं उपत्यकामा १४१६ सहित २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८४ जना छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७१, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १७ जना पुरुष र ५ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार