देउमाईका ३३७ परिवारलाई  खाद्यान्न वितरण

  विमल अधिकारी
0 Shares

देउमाई : जिल्लाको देउमाई नगरपालिकाका युवाद्वारा संचालित अभियानले हालसम्म  ३ सय ३७ परिवारलाई  खाद्यान्न वितरण गरेको छ ।

‘नहुनेले लिएर अनि हुनेले दिएर जाउँ’ भन्ने मुल नाराका साथ सुरु गरिएको अभियानको पाँचौ चरण अन्तर्गत शनिबार देउमाई नगरपालिका वडा नम्बर ३ मा ४८ र ६ मा ४४ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

यस अघि वडा नम्बर ९ को नवमीमा ९०, ७ को सिद्धिथुम्कामा ४१, ४ को मङलबारे बजारमा ३५, ८ को जितपुरे बजारमा ३३ र ५ को धुसेनीमा  ४६ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिसकिएको छ ।

राहत प्याकेजमा १० किलोग्राम चामल, आधा लिटर खाने तेल, एक किलोग्राम दाल, एक किलोग्राम नुन, एक किलोग्राम चिनी, दुई प्याकेट चाउचाउ र साबुन उपलब्ध गराईएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सक्रियतामा आय अतिविपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार