इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त

इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त

इलाम : इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त भएका छन् । सरकारले दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामै मिल्क होलिडेको अन्त्य हुँदै गएको हो ।

प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले इलामका डेरीमा गरिएको लगानीले किसानलाई मिल्क होलिडेको समस्याबाट मुक्ति दिएको हो ।

लगानीले दुध प्रशोधन गरी दुग्घ जन्य पदार्थ उत्पादनमा सघाउ पुगेको छ । यहाँका दुइ दुग्ध उत्पादक सहकारी संस्थाको क्षमता अभिवृद्धिमा प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहयोग गरेको छ ।

सरकारको अनुदान पछि यहाका किसानहरुले दिनको दुइ पटक दुध संस्थामा लैजानसमेत थालेकाछन् । किसानले औजार र उपकरण खरिद गरेपछि मिल्क होलिडेको समस्या अन्त्य भएको हो । प्रशस्त दुध उत्पादन हुने ईलामका किसानलाई मिल्क होलिडे हुँदा महिनामा आधा दिन दुध नबिक्ने समस्या अन्त्य भएको छ ।

चिस्यान केन्द्र सञ्चालन भएपछि जति दुध उत्पादन भएपनि बेच्न समस्या नभएको किसानहरुको भनाई छ । डेरीमा जेनेरेटर सहित चिलिड. भ्याट र मिल्क एनलाइजर जस्ता अत्याधुनिक उपकरण व्यवस्थापन गरिएको छ ।

संस्थाको दुध खरिद गरि घिउ छुर्पी उत्पादन गर्ने डेरीमा पनि क्षमता विस्तार भएको छ भने घिउ बनाउने चर्नर मेशीन, जनेरेटर र घिउ राख्ने डिप फ्रिजको व्यवस्थापनसमेत हुँदा किसान खुशी भएकाछन् । सहकारी संस्थामा दश लाख रुपैया र केहि डेरीमा पाँच लाख रुपैयाका दरले अनुदान सहयोग भएको छ ।

बर्षायाममा सडकको कारण ढुवानीमा समस्या रहेको स्थानमा अनुदान पछि सहज भएको छ । कच्चा दुध शहर बजारमा लगेर बेच्नुको सट्टा गाउँघरमै डेरी संचालन गरि मुल्य अभिबृद्धिमा सघाउ पुग्ने र रोजगारी व्यवस्थापन हुने देखिएको छ ।

डेरीमा सरकारी सहयोग भएपछि र दुध बिक्रि बढ्ने भएपछि इलामका ग्रामिण क्षेत्रका किसानहरु उत्साहित भएकाछन भने दुग्धजन्य उत्पादनको लागि खोलिएका उद्योगहरु पनि सञ्चालनमा आउन थालेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार