विद्युत महसुल तिर्न झन्झटिलो

इलाम : जिल्लाको माईजोगमाई गाउँपालिका ६ प्याङमा विद्युत महसुल अनलाइन मार्फत र विद्युत कार्यालय नै पुगेर बुझाउन परेकोले सास्ती भोग्नु परेको छ ।

पहिला विद्युत कर्मचारीले नै गरै पिच्छेको विद्युत युनिट अनुसारको महसुल उठाएर विद्युत कार्यालयमा बुझाएकाले सेवाग्राहीहरुलाई सहज भएको थियो । तर केही समय अगाडिदेखि कोरोना भाइरसको कारण देखाउँदै विद्युत कार्यालयबाट कर्मचारीहरुलाई महसुल उठाउन प्रतिबन्ध गरेकोले यहाँका विद्युत सेवाग्राहीहरुले सास्ती भोग्नु परेको हो ।

गाउँमा अनलाइन ज्ञान थोरैलाई मात्र थाहा छ, यसको उपयोग पनि थोरैले मात्र प्रयोग गरिरहेकोले गाउँबाट विद्युत महसुल अनलाइन बुझाउनु झन्झटिलो भएको सेवाग्राहीहरुको गुनासो छ । गाउँमा उद्योग कलखारखाना नभएकोले विद्युतम महसुल धेरै उठ्दैन । मासिक ८० देखि १ सय २० रुपैयाँसम्म उठ्ने गर्छ । तर यहि महसुल तिर्न विद्युत अफिस पुगेर आउदा १५ सय खर्च हुने गरेको प्याङका उत्तम थेबे बताउँछ्न ।

थोरैले इसेवा मार्फत पनि विद्युत महसुल बुझाउँदै आएपनि महँगो भएको बताउँछन् । मासिक ८० बुझाउनु पर्दा इसेवा प्रयोगकर्ताले २० रुपैयाँ लिने गरेका छन् । प्याङमा हाल ३ सय घरधुरी विद्युतीकरण भएको र इसेवा मार्फत प्रत्येक पटक सेवाग्राहीसँग २० रुपैयाँ लिनु धेरै महँगो भएको विद्युत कर्मचारी क्याम कार्की बताउँछन् ।

‍प्रत्येक घरको रिडिङ गरेर विद्युत खपत अनुसार लागत रुपैया घर-घरबाट लिएर एक मुष्ठ विद्युत कार्यालयमा बुझाएकोले सेवाग्राहीलाई सहज भएको र हाल कोरोनाको कारण अनलाइन मार्फत रकम तिर्नुपर्दा धेरै समस्या आएको कार्की बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार