घुर्बिसेमा खुलेनन् कुनै बैंकका शाखाहरु

  युद्धबहादुर बोहोरा  493 पटक हेरिएको

 

पाँचथर/इलाम : दिनानुदिन बजारीकरण भइरहेको दुई जिल्लाको सिमानामा अवस्थित घुर्बिसे पञ्चमी बजारमा हालसम्म कुनै पनि बैंकको शाखा सञ्चालनमा आएका छैनन् ।

हरेक बजार क्षेत्रमा प्रतिस्पर्धात्मक ढंगले बैंक शाखा विस्तार हुने होडबाजी भएता पनि यस बजारमा एउटा पनि शाखा नभएको सुन्दा अन्य ठाँउका मानिसहरु आश्चर्य मान्न थालेका छन् ।
बैंक खाता खोल्न,बचत तथा ऋण कारोबार गर्न फिदिम,इलाम र झापा जस्ता ठाँउहरुमा केहि दिनको समय मिलाएर जानु पर्ने वाध्यता रहेको स्थानीय एलिसा कम्प्युटर सप्लायर्सका संचालक सन्तोस नेम्वाङको गुनासो छ ।
राँके–रवि–भेडेटार सडक अन्तगर्त राँकेदेखि करीब नौ किलोमिटर नजिकमा रहेको यस बजारको आसपासमा बैंक सेवा नहुँदा स्थानीयले बैंकिङ्ग कारोेबार गर्न असुविधा महसुश गर्न थालेका छन् ।
सिमावर्ती क्षेत्रमा विगत लामो समयदेखि प्रत्येक महिनामा दुई पटक हटिया लाग्ने यस बजारमा कृषिजन्य उत्पादन अलैची,अदुवा,कुचो,अकबरे खोर्सार्नी,दुध लगायतको बिक्रि तथा संकल केन्द्रको रुपमा परिचित छ । हटियामा सुँगुरपाठा,खसीबाख्रा,कुखुरा किनबेच हुनुका साथै दैनिक मोटो कारोवार समेत चल्ने गर्दछ ।
सुनचाँदी,हार्डवेयर,लत्ताकपडा,किराना,होटल,मेडिकल,टेलरिङ्ग,स्टेशनरी,शैलुन,पार्लर ,मोटरसाइकल ग्यारेज लगायतका व्यावसाय छन् । फाल्गुनन्द गाउँपालिका कार्यालय साथै वडा नम्बर ५ को वडा कार्यालय, प्रहरी चौकी, निजी तथा सरकारी विधालय,स्वास्थ्य चौकी,आयुुुर्वेद,माइक्रो फाइनाइन्स,ऋण सहकारी,आइएमइ लगायतका संस्था संचालित रहेको यस ठाँउमा भरपर्दो बैंकको शाखा विस्तार हुने हो भने नजिकै रहेका दशमी र पुरानो पञ्चमी बजार क्षेत्र सहित फाल्गुनन्द–५ र फाकफोकथुम–१ का बासिन्दा प्रत्यक्ष लाभाम्वित हुने छन् ।
स्थानीय तहमा भित्रिएका बैंक मध्ये फाल्गुनन्दको राँकेमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा ल्याउन प्रकृया अगाडि बढाइएको गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले जानकारी दिए ।
यस अघि एनसीसी बैंक प्रदेश नम्बर १ का प्रमुख रामनाथ गौतमको टोलीले घुर्बिसे पञ्चमीको स्थलगत अवलोकन गरि फिदिम शाखा मार्फत एक्सटेन्सन काउन्टर राख्न बजार व्यवस्थापन समितिको निर्णय र स्थानीयबासी संग परामर्श गरेको भएता पनि अहिले सम्म कुनै प्रतिक्रिया नआएको बजार व्यवस्थापन समितिका सचिव टिका सम्वाहाम्फेले बताए ।
एक्सटेन्सन काउन्टरबाट सम्पूर्ण सुविधा उपलब्ध नहुने हुँदा जुनसुकै बैंकको भएपनि शाखा खोलिनु उपर्युक्त हुने साथै बैंकलाई फ्रेस मार्केट मिल्ने एनसीसी बैंक फिदिम शाखाका प्रबन्धक पदम बोहोराको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार