तेह्रथुमको छथरमा कांग्रेस बलियो बन्दै,१ सय ५० भन्दा बढी नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

  रेवत पारघरी  351 पटक हेरिएको

तेह्रथुम,असोज 
अत्याचार र भ्रष्टाचार सहन नसकी नेकपा परित्याग गर्नेको संख्या मुलुलभर बढ्दो छ । त्यस्तै क्रममा तेह्रथुमको छथर गाउँपालिकाका सयौ नेता कार्यकर्ताले नेकपामा परित्याग गरेका छन् । स्थानीय निर्वाचनका उम्मेद्बार छथर १ आङदिमका टेकबहादुर लिम्बु त्यस्तै नेकपा माओवादीबाट दलित उम्मेद्बार गंगा दर्जी सहित सयको हाराहारी कांग्रेसमा प्रवेश गरेका छन ।

यसै बिच छथर ओख्रेमा नेकपाका कृयासिल महासेर लिम्बु ,डण्डसम्सेर शाही लगायतले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । त्यस्तै संघीय लिम्बुवान मञ्चमा बिगत लामो समय कमान्डरको रूपमा काम गर्दै आएका किरण लिम्बु,डेन्जर साँवा लगायत ५२ जना लिम्बुवानका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

लिम्बुवान पार्टीको सिद्धान्त र बिचार राम्रो भएपनी नेतृत्व गर्ने कार्यकर्ताहरुमा देखिएको आडम्बरका कारण पार्टीको अस्तित्व नै समाप्त भएकोले नेपाली कांग्रेसमा प्रवेश गरेको डेन्जरले बताउनुभयो । उनिहरुलाई नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री तुलसी सुब्बा जिल्ला सभापति गोबिन्द ढुंगाना उपसभापति अर्जुन तुम्बाहाम्फे सचीव सन्तोष निङ्लेखु लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

छथर गाउँपालिकाको ६ वटै वडाबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दो रहेको कांग्रेस छथरका सचीव डम्बर भट्टराईले बताउनुभयो । त्यस्तै छथरकै ओख्रेमा मात्रै ३ दर्जन बढी नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश भएका छथर इन्चार्ज तथा महाधिवेशन प्रतिनिधि टेकराज तिगेलाले बताउन्भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार