लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)द्वारा विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को औपचारिक उद्घाटन कहिले भएको हो ?

 विक्रम संवत् २०७७ असोज ९
नास्टद्वारा सन् २०१८ मा नै फोरमको स्थापना गरिएको । दुई वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा भर्चुअल कार्यक्रममार्फत सो फोरमको औपचारिक रूपमा उद्घाटन गरिएको ।
स्वदेश तथा विदेशमा रहेका नेपाली अनुसन्धानकर्ताहरूबीच समन्वय र सहकार्य विस्तार गर्दै विज्ञान क्षेत्रको विकास गर्ने उद्देश्यले फोरमको स्थापना भएको ।
यो संस्था सरकारी संयन्त्रद्वारा गठित एकमात्र युवा वैज्ञानिक फोरम रहेको नास्टले जनाएको ।
फोरमले विश्व युवा वैज्ञानिक प्रतिष्ठानको नेपाल च्याप्टरको पनि मान्यता प्राप्त गरेको ।

२. विश्व बौद्विक सम्पत्ति सङ्गठनद्वारा जारी गरिएको अर्थतन्त्रमा नव प्रवर्तन (इनोभेसन)को मापनसम्बन्धी प्रतिवेदन २०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 ९५औँ
प्रतिवेदनमा समेटिएका १३१ अर्थतन्त्रमध्ये नेपाल ९५औँ स्थानमा रहेको ।
पछिल्लो समय प्रविधिको प्रयोग, इ–कमर्स र भुक्तानी प्रणालीको अभौतिकीकरणमा भएको सुधारजस्ता कुराले नेपाललाई उक्त सूचीमा आफ्नो स्थान उस्कान सघाउ पुगेको ।
१६ वटा न्युन आय भएका मुलुकको सूचीमा नेपाल उत्कृष्ट तीनमा पर्न सफल भएको ।

३. जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि हालै दुईवटा रेल कहिले नेपाल ल्याइएको हो ?


 विसं २०७७ असोज २


४. गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन कहिले सम्पन्न भयो ?

 विसं २०७७ असोज २–४ (सन् २०२० सेप्टेम्बर १८–२०)
सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गरेको ।
विश्वभरि छरिएका सबै स्वास्थ्यकर्मीलाई एकैठाउँमा समेट्ने, नेपाली नर्सहरू तथा मानसिक रोग विशेषज्ञहरूको विश्वव्यापी सञ्जाल निर्माणमा जोड, जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड, मातृशिशु स्वास्थ्य, बालबालिका, किशोर–किशोरी तथा युवावस्थाको स्वास्थ्य, दीर्घरोग व्यवस्थापन, सामाजिक चेतना अभिवृद्विका लागि सबै स्वास्थ्यकर्मीको ऐक्यबद्धतालगायत विषय घोषणापत्रमा समेटिएको ।

५. नेपालमा हुने साइबर अपराधसम्बन्धी गतिविधिविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित ‘अपरेसन’लाई के भनी चिनिन्छ ?

 चार्ली फोक्स्टर

६. नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो ?

 विसं २०७१ असोज १३

७. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

 सिङ्गापुर
सिङ्गापुरले आफ्नो नेसनल आइडेन्टिटी स्किमअन्तर्गत फेसियल भेरिफिकेसन पद्धति अपनाउने भएको । योसँगै सिङ्गापुर फेसियल भेरिफिकेसनमार्फत नागरिकको पहिचान गर्ने विश्वकै पहिलो मुलुक बनेको ।
उक्त बायोमेट्रिक सुविधाको प्रयोगबाट सिङ्गापुरका नागरिकले निजी र सरकारी सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

८. विश्वका ५० देशका राष्ट्रिय गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने कलाकार को हुन् ?

 रामजी नेपाली (बागलुङ) (फोटो है)
विश्व पर्यटन दिवस–२०२० को अवसरमा उनले विश्वका ५० देशका राष्ट्रिय गीत गाएर विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गरेका ।
फरक भाषा, शैली र लयमा रचित ५० देशका राष्ट्रिय गीत सुन्दा उपस्थित श्रोता आश्चर्य र अनौठो अनुभव गरेका ।
सन् २०१५ देखि विश्वयात्राका अभियानमा अघि बढ्दै आएका गायक नेपाली कोरोना त्रास कम भएपछि पुनः आफ्नो विश्व यात्रा सुरु गर्ने बताएका ।
हाल ५६ देशका राष्ट्रियगानमा अभ्यस्त नेपालीले एक सय ३० भन्दा बढी देशमा पुग्ने र सबै देशको राष्ट्रियगानलाई न्याय गर्ने लक्ष्य रहेको बताएका ।

९. सात कुण्डको जिल्ला भनी रसुवालाई, सात तालको जिल्ला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कुनलाई चिनिन्छ ?

 काठमाडौँ

१०. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?

 सेप्टेम्बर २७
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपश्चात् सोही दिनको स्मरणमा सन् १९८० देखि यो दिवस मनाउन थालिएको ।
सन् २०२० मा यो दिवस ‘टुरिजम ः बिल्डिङ पिस, फोस्टरिङ नलेज’ नाराका साथ मनाइएको ।

११. सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधन कहिले भएको हो ?

 विसं २०७७ भदौ ३०

१२. नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?

 १५ वर्ष
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यो योजना ल्याइएको ।
यस योजनामा कानुनबमोजिम स्थापना भएका सङ्घ संस्था एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने ।
कोषमा बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपियाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने अङ्कको रकम मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रूपमा बुझाउन सक्ने ।
तोकिएको समयमा बुझाउन नसकेमा विलम्ब शुल्क तिरेर किस्ता नियमित गर्न सकिने कोषले जनाएको ।
कुनै अवस्थामा बचतकर्ताको आयस्रोत गुमेमा वा अशक्त भई आयआर्जन हुन नसकेमा, बसाइँ सरी बिदेसिने अवस्था भएर योजनाबाट अलग हुन चाहेमा कोषमा जम्मा भएको रकमको साँवा–व्याज एकमुष्ट प्राप्त गर्न सकिने तर यसका लागि नियमित बचत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने ।
सहभागीले गरेको बचत, त्यसको व्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा आउने रकम प्रत्येक महिना पेन्सनका रूपमा जीवनभर पाउन सकिने ।
त्यस्तै, सहभागीले पेन्सन प्राप्त गर्न सुरु गरेपछि निजको मृत्यु भएमा मृतकका पति वा पत्नीलाई निजले पाइरहेको रकमबराबर नै पारिवारिक पेन्सन प्रदान गरिने ।
यस योजनामा नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेका व्यक्ति पनि सहभागी हुन सक्ने जनाइएको ।

१३. सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्यो ?

 प्रा.डा. पुण्य रेग्मी (विसं २०७७ असोज)
(त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई नियुक्त गरिएको ।)

१४. अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल क्रिकेटर को हुन् ?

 कुशल मल्ल (नेपाल) (फोटो है )
आईसीसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्ध
(२०७६ माघ २५ मा) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कुशलले अर्धशतक प्रहार गरी सो कीर्तिमान कायम (१५ वर्ष ३३५ दिनको उमेरमा) गरेका । कुशलको कीर्तिमान एकदिवसीयमा मात्रै नभई, समग्र क्रिकेटमा हो ।
यसअघि नेपालकै रोहितकुमार पौडेलको नाममा यो कीर्तिमान थियो । रोहितले १२ माघ २०७५ मा युएईविरुद्ध दोस्रो एकदिवसीय खेलमा ५५ रन प्रहार गरी कीर्तिमान बनाएका (१६ वर्ष १४६ दिनको उमेरमा) थिए । रोहितको कीर्तिमान तोड्ने कुशलको संयोग रोचक छ । अमेरिकाविरुद्धको खेलमा कुशलले रोहितकै स्थानमा रहेर खेल्ने मौका पाएका थिए । जसको ठाउँमा खेल्न पाए, उसैको कीर्तिमान तोडिदिए ।
रोहितअघि एकदिवसीयतर्फ कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीको नाममा थियो ।

१५. कीर्र्तिमानी आरोही आङ्रिता शेर्पाको निधन कहिले भएको हो ?

 विसं २०७७ असोज ५

१६. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाणलाई के भनिन्छ ?

 एकाइ (युनिट)
(भौतिक परिमाणका एकाइहरूलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।)

१७. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 विसं २००२ असोज १
– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी विसं २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलोपटक रु. एक सय, रु. १० र रु. पाँच दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

१८. ‘ब्लु टुथ’ भन्नाले के बुझिन्छ ?

 छोटो दूरीको वायरलेस फाइल आदान–प्रदान गर्ने प्रविधि

१९. एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?

 सन् २००२ जुन १८
(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको । हाल एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका ।)

२०. नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)मा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ?

 डा. भेषबहादुर थापा (भारततर्फबाट ः भगतसिंह कोसियारी)

२१. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?

 सन् १९२९
(सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।

२२. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

 बुचो

२३. नेपालमा कुन अवधिलाई वन दशक घोषणा गरिएको छ ?

 विसं २०७१–२०८०

२४. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?

 १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता र पलेम्वाङ)

२५. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बस सेवा सञ्चालनसम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

 बीबीआईएन इनिसिएटिभ
(भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा भएको सम्झौता ।)

२६. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको राष्ट्र कुन हो ?

 फ्रान्स

२७. अमेरिकास्थित गोलकिपर्स गोल प्रोग्रेस अवार्ड–२०२० बाट सम्मानित हुन सफल नेपाली चेली को हुन् ?

 बोनिता शर्मा
(कोभिड–१९ को महामारीबीच पनि नेपाली आमा र शिशुको पोषण स्वास्थ्य सुधारका लागि सक्रिय रहेर पु¥याएको योगदानको कदर गर्दै शर्मालाई सो अवार्ड प्रदान गरिएको ।)

२८. राष्ट्रिय मानवअधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रूपमा व्यवस्था गरिएको हो ?

 विसं २०६३ माघ १
(नेपालको अन्तरिम संविधान–२०६३ सँगै)

२९. नेपालमा शासकीय सुधार कार्यक्रममा सहयोग पु¥याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?

 एसियाली विकास बैङ्क

०. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ ?
 धारा ३१ (३)

-गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार