युनियन तेह्रथुमको कोषाध्यक्षमा पारघरी, सदस्यमा मादेन

तेह्रथुम , १६ असोज
श्रमजिवी पत्रकारहरुको साझा सस्था नेपाल प्रेस युनियन जिल्ला शाखा तेह्रथुमले रिक्त रहेको पदपुर्ति गरेको छ । तेह्रथुमको म्याङलुङमा शुक्रबार सम्पन्न प्रेश युनियनको विस्तारीत बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा रेवत पारघरीलाई मनोनित गरेको छ । त्यसैगरि जिल्ला सदस्यमा महेन्द्र मादेनलाई मनोनित गरिएको युनियनका सविच प्रकाश पाक्साँवाले जानकारी दिनुभयो ।
युनियनको कोषाध्यक्ष केही महिना अघिदेखी रिक्त रहेको थियो । प्रेश युनियन तेह्रथुम अध्यक्ष टीआर सेनेहाङको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको सदस्यता नविकरणकामा ढीलाई नगर्न साथै विवादरहित बनाउन महासंघको ध्यानाकर्षण गराउन आग्रह गर्ने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार