पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि

  नयाँ बुलन्द  49 पटक हेरिएको

काठमाडौं : पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ७२८ पुगेको छ । बिहीबार थप ९६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८१७, ललितपुर ६९ र भक्तपुरमा ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट म‌ृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार