हात भाँचिएर उपचारमा समस्या भएकी समिक्षालाइ कांग्रेसद्वारा ११ हजार ५ सय सहयोग

  रेवत पारघरी  619 पटक हेरिएको

                           समिक्षा लिम्बुलाई रकम प्रदान गर्दै वडा सभापती तुलसीजंग थापा

तेह्रथुम
छथर गाउँपालिका–३ पञ्चकन्या सन्सारेका १४ बर्षिया समिक्षा लिम्बुको हात फुटबल खेल्ने क्रममा भाँचिए संगै आर्थिक कम्जोरीका कारण उपचारमा समस्या भएको छ । आर्थिक रूपमा विपन्न रहेका लिम्बुको उपचारका लागि नेपाली कांग्रेस छथर गाउँपालिका ३ वडा कमिटीले मंगलबार ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ । कमिटीले घाइतेको घरमैमा पुगी सहयोग रकम समिक्षा र उनको आमालाई वडा सभापति तुलसीजंग थापाले प्रदान गर्नु भएको थियो । वडा कमिटीले पीडित परिवारलाई थोरै भएपनि राहत दिने उदेश्यका साथ सहयोग गरेको उपसभापति मानबहादुर लिम्बूले बताउनुभयो । धनकुटाको छथर जोरपाटी स्थीत चुलाचुलीमा फुटबल खेल्ने क्रममा समिक्षाको दाहिने हात भाँचिएको घाइतेका आमा चन्द्रीका लिम्बूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार