माईजोगमाई : माइजोगमाइ गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को कारण बन्द रहेको नयाँबजार तथा प्याङको पन्चमी बजार स्वास्थ्य मन्त्रालयको मापदण्डमा रहि संचालन गरिने भएको छ ।
करिब ६ महिनादेखि बन्द रहेको बजार मंगलबारदेखि खुल्ने भएको हो ।
सक्रमणलाइ मद्यनजर गर्दै ब्यवसायीहरुले अनिवार्य माक्सको प्रयोग गर्नु पर्ने र स्यानिटाइजरको ब्यवस्थापन हुनुपर्ने भएको छ । साथै संक्रमण को जोखिमलाइ बिचार गर्दै अर्को सूचना जारी नभएसम्म माइजोगमाइ गाउँपालिका भन्दा बाहिरको ब्यवसायीहरुलाइ भने तत्काल निशेध गरिएको गाउँपालिकाका राजस्व प्रमुख तथा कम्प्युटर अपरेटर अशोक लिम्बुले जानकारी दिए ।
वडादशैं, शुभ दिपावली र छठ पर्वलाइ मध्यनजर गर्दै हाट संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।