‘नहुनेले लिएर, हुनेले दिएर जाउ’ अभियान अन्तरगत ७९ परिवारलाई राहत वितरण

  विमल अधिकारी
0 Shares

देउमाई : इलामको देउमाइ नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ८ जितपुरे  बजारमा नि:शुल्क खाद्य सामग्री वितरण गरिएको छ । दोस्रो चरणको राहत अन्तरगत वडा नम्बर ५ का ४६ परिवारलाई र वडा नम्बर ८ का ३३ परिवारलाई राहत वितरण गरेको हो ।

राहत प्याकेजमा १० किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ उपलब्ध गराईएको अभियान्ता आशिष खनालले बताए ।

आगामी कार्यक्रम वडा नम्बर ९ मा  गरिने बताइएको छ । यस अघि यो कार्यक्रम मङलबारे बजारमा सम्पन्न भएको थियो ।

कोभिड १९ को महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सक्रियतामा आय श्रोत नभएका अति  विपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।

‘हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्’ भन्ने मूल नाराका साथ विशुद्ध मानवता र समाजसेवाको भवना बोकी यस्तो कार्यक्रम तय गरिएको अभियान्ता आशिष खनालले बताए । त्यस्तै सकेको सहयोग गर्दै यो सूचना  घर,  छर छिमेकमा पुर्याइदिन समेत  अभियान्ता हरुले अनुरोध गरेका छन् ।

‘जसले मानवतामा विश्वास राख्दछ’ आयोजक को नाम दिएर सुरु गरिएको यो अभियानमा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार