लालीगुराँस नगरपालिकामा दर्जनौ नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

तेह्रथुम
लालीगुराँस नगरपालिकाका दर्जनौ नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरपालिकाको वडा नं. ५ दागपाका ३४ जना नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका ह्न । सिङ्थापामा वेगवहादुर गौतम, टेकवहादुर गौतम, डम्बरबहादुर थापा, सञ्जिव बसेल सहित ३४ जनाले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बिद्यार्थी नेता हिमराज कटुवालले जानकारी दिनभयो । नव प्रवेशीहरुलाई नेपाली कांग्रेस लागीगुराँस नगरकमिटीका सभापती अर्जुन माबुहाङ र वडाधक्ष्य नगेन्द्र कार्कि, रुद्र बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरुले अविर र खादा लगाईदिएर स्वागत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार