इलाम र पाँचथरका थुम्काहरु विकासको पर्खाइमा (फोटो फिचर)

  युद्धबहादुर बोहोरा  242 पटक हेरिएको

(तस्वीर : युद्धबहादुर बोहोरा)

इलाम : फाकफोकथुम-१ र २ खाम्बाङको शिर अर्थात गाउँपालिकाकै उच्च भाग करिब १८ सय मिटर उचाइ भन्दा माथिको महाभारत डाँडा हो।
यहाँबाट दक्षिण तर्फ तराई,पूर्वमा भारत,उत्तरमा कंन्चनजंघा र कुम्भकर्ण हिमाल तथा पश्चिममा तेह्रथुम सम्मको दृश्य अवलोकन गर्न सकिन्छ।

 

सिद्ध देवी (पुधामलुङ्ग) मन्दिर

राँके- भेडेटार सडक अन्तर्गत राँके देखि करिब चार किलोमीटरमा पर्ने उच्च भू-भाग प्राकृतिक सुन्दरताले भरिएको रमणीय क्षेत्र जस्ले पर्यटको मन लोभ्याउने ठाँउ छ। प्याराग्लाइडिङ्ग व्यावसाय मार्फत पर्यटन क्षेत्रमा विकास गर्न सकिने हुँदा सरोकारवाला पक्षको ध्यान पुगोस् भन्ने स्थानीयबासिन्दाको आग्रह छ ।

घुर्बिसे पञ्चमी बजार

पाँचथर फाल्गुनन्द-४ संग सिमाना जोडिएको यस थुम्काको माथि ठुलो खेलमैदान बन्न लायकको फराकिलो प्राकृति टार छ ।


पुरानो र घुर्बिसे पञ्चमीको बीचमा सिद्ध देवी (पुधामलुङ) प्राकृतिक देवस्थलमा भक्तजनहरु पुजागर्न आउने गर्दछ्न् ।
बाटो छेउमा रहेको देवस्थल बजेट अभावमा संरक्षण र प्रबर्द्धन नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार