सामुहिक रुपमा जवरजस्ती करणी गरी फरार २ जना १२ वर्षपछि पक्राउ

  नयाँ बुलन्द
0 Shares

इलाम : फैसला कार्यन्वयन प्रक्रियालाई तीब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०६४ मा झापा साधुहोली जंगलमा सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका इलाम चुलाचुली ३ का ३० वर्षीय मिलन राई भनिने अनिश राई र ३१ वर्षीय जितकुमार राई भन्ने निश्चल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

खोजतलासको क्रममा उनीहरुलाई  आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

दुवैलाई ११ फागुन २०६७ मा जिल्ला अदालतबाट ११ वर्ष १ महिना १५ दिन कैद र जनही २१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

उनीहरुलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि सोमबार कारागार कार्यालय इलाममा पठाईएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भकइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ठगी मुद्दा, कर्तब्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोत तलासको क्रममा ठगी मुद्धाका इलाम सुर्योदय नगरपालिका २ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सुर्योदय नगरपालिका ५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्धाका माईजोगमाई गाउँपालिका २ का बिष्णुकुमार राई पक्राउ परेका छन् ।

बस्नेतलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, लिम्बूलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना र राईलाई ५ महिना ६ दिन कैद र २० रुपैयाँ जरिवाना तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार