पत्रकार तिमसिनालाई मातृशोक

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना लाई मातृशोक परेको छ ।

उनकी आमा पवित्रादेवी तिमसिनाको ७२ वर्षीय गएराती पौने ९ बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय तिमसिनालाई स्वास प्रश्वासनमा समस्या आएपछि केही दिन अघि विर्तामोडको कन्काई हस्पिटलमा उपचारपछि आइतबार धरान लगिएको थियो ।

स्वर्गीय तिमसिनाका ६ छोरा, ४ छोरी, २० नातीनातिना र ४ पनाती पनातिना रहेका छन् । स्वर्गीय तिमिसिना विगत २ दशक देखि झापाको मेचीनगर स्थित इटाभट्टामा बसोबास गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार