गरिबीको पीडा : दुवै मिर्गौला फेल भएकी अंजिलाले उपचार पाउन सकिनन्

  नयाँ बुलन्द
7 Shares

मिर्गौलाले काम नगरेपछि थलिएकी अंजिला तामाङ । यो तस्वीर अंजिलाका अभिभावकको अनुमतिमा प्रकाशित गरिएको छ ।

इलाम : बाँसको टाटीले बारेको सानो घर । माटो झरेर टाटीमात्रै हुन लागेको घरमा ३ छोराछोरी र ६ वर्षदेखि प्यारलाईसिसले थलीएकी श्रीमती । दैनिक जयालादारी गरेर पेट पाल्ने सूर्योदय नगरपालिका १० स्वामीगाउँका टिकाराम तामाङको गरिबी बयान गरेर साध्य छैन ।

त्यहि माथि ८ वर्षकी छोरी अंजिला तामाङमा लागेको ‘कडा रोग’ को पीडाले उनलाई पिरोल्नुसम्म पिरोलेको छ । डाक्टरले १ वर्षअघि नै अंजिलाको मिर्गौलाले काम नदिएको बताएपनि उनले उपचार गर्न सकेनन् । अहिले खुट्टादेखि टाउकोसम्म सुन्निएको छ । सबैभन्दा बढी पेट सुन्निएको छ । स्वासप्रस्वास गर्न समेत नहुने गरि पेट सुन्निएपछि तामाङ थप चिन्तामा छन् ।

स्थानीय करफोक विद्या मन्दिरमा कक्षा २ मा अध्ययनरत अंजिलालाई गत माघदेखि रोगको सामान्य लक्षण देखिएको थियो । सुरुमा अंजिलाको अनुहार सामान्य सुन्निएपछि टीकारामले स्थानीय फिक्कल अस्पतालमा लगेका थिए । त्यहाँबाट अंजिलाको मिर्गौलाले काम नदिएको बताएपछि मेची अञ्चल अस्पताल भद्रपुर झापा पु¥याए । त्यहाँबाट नोवेल अस्पताल विराटनगरका लागि रिफर ग¥यो । स्थानीयको सहयोगमा नोवेल अस्पताल विराटनगर पु¥याएपनि डाइलाइसिस नथाम्ने भन्दै फिर्ता गरेपछि बाबु टिकारमाको छटपटी झनै थपियो ।

त्यसपछि उपचार गर्ने रकम अभावमा घरमै राखियो । पछिल्लो समय अंजिलाको स्वास्थ्यमा झनै समस्या देखिएको छ । शरिरमा तागत शुन्य प्राय भएको छ । देख्दा मोटाए जस्तो लाग्ने अंजिलाको अवस्था दिनानुदिन कमजोर भएपछि उपचारमा सहयोग गर्न बाबु टीकारामले अपिल गरेका छन् ।

‘घरपनि छैन, जमिन पनि छैन, पैसा पनि छैन’ टीकाराम भन्छन्, ‘छोरी बचाउन सक्दो सहयोग गर्न देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा अपिल गर्दछु ।’ टीकारामले ३ पटक गरि अंजिलालाई ५० दिन मेची अंचल अस्पतालमा राखेका थिए । तर स्वास्थ्यमा कुनै सुधार भएको छैन । झन् दयनीय बन्दै गएको छ ।

६ वर्षदेखि एउटा खुट्टो नचल्ने टिकारामकी श्रीमती सुमित्रा तामाङलाई घर भित्रबाहिर गर्न पनि समस्या छ । छोरीको पिडाले उनलाई झनै कमजोर बनाउँदै छ । जसरी पनि छोरी बचाउनका लागि सहयोगको याचना गरेकी छिन् ।

जसोतसो पेटपाल्न ज्यालादारी गर्ने टिकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त छन् । अलिअली उठेको चन्दाले छोरीको उपचार होला जस्तो उनलाई मात्र हैन छिमेकीलाई पनि लागेको छैन ।

टिकारामलाई छोरीको मिर्गौला जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन । उनी भन्छन् ‘लाउला खाउला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आश गरेको छु । तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैकमा खाता समेत खोलेका छन् । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार