पाहुना नआएपछि अर्गानिक चिया बिक्न छाड्यो

  लोकेन थेवे  84 पटक हेरिएको

इलाम : जिल्लाको माईजोगमाई गाँउपालिका प्याङमा वर्खा लागेसँगै चार चक्के यातायातको साधन नचल्ने भएको हुँदा यहाँ उत्पादित अर्गानिक हरियो चिया पति बाहिर जान पाउँ दैन । त्यसैले यहाँका चिया किसानहरुले मुना टिपेर घाममा सुकाएपछि आफैं हातले माडेर अर्गानिक हाते चियापति बनाउँछन् ।

स्थानीय विज्ञहरुले यसलाई वास्तविक अर्गानिक चियापति भन्दै आईरहेका छन् । वर्खा लागेसँगै यातायात चल्न बन्द हुने भएकोले हरियो चिया पति बाहिर जाँदैन । त्यसैले हरियो चियापति आफै बनाउनुपर्ने बाध्यता रहेकोले अन्य ठाउँमा जस्तो छिटोछिटो मुना पलाउनको लागि कुनै रासायनिक पदार्थ प्रयोग गर्दैनन् । बरु यहाँका मेहेनती किसानले गाईको गँहुत हालेर चियाको पति निरन्तर आईरहने बनाउँछन् । गाउँघरमा यसरी बनाएको अर्गानिक चिया गाउँघरमा हुने शुभकार्य र दु:ख कार्यमा आउने पाहुनाहरु र गाउँबाट अन्य ठाउँ जाने पाहुनाहरुले कोसेलीको रुपमा लाने भएकोले चिया खेती हुनेहरुले गाउँमै चियाबाट राम्रो आम्दानी लिइरहेका छन् ।

अन्य चाड, पर्वमा पनि कोसेलीको रुपमा धेरै चिया अन्य ठाउँ जाने गरेको छ । यसरी बनाएको हाते चियापति प्रती केजी ४ सय देखि ७ सयसम्ममा बिक्री हुने गर्दछ । कोसेली लान सजिलो र राम्रो भएकोले धेरैको कोसेलीको रोजाई चिया नै भएको छ । तर यो वर्ष विश्वमहामारी कोरोना भाइरस (कोभिड १९) को कारण सुख, दुखको कार्जेमा बाहिरबाट आउने पाहुनाहरुलाई आउन बन्देज गरेसँगै यहाँको अर्गानिक चियापतिको कोसेली लैजान बन्द भएको छ ।

अन्य ठाउँ पनि बन्देज भएकोले चिया किन्न पाहुना नआएकोले कोसेली चिया घरमै थन्केको प्याङ्का प्रेम थेबे बताउँछ्न् । उनी जस्तै प्याङका मित्रकुमारी थेवेले कोरोना भाइरसको कारण सधैंवर्ष जस्तो कोसेली पठाउन नसकेको र पाहुनाहरु आउन नपाएकोले चियापति नहुने गाउँघरमा साथीभाईले बाँडेको बताउँछन् ।

त्यस्तै प्याङका अर्का चिया किसान धर्मध्वोज थेबेले पनि यो वर्ष सुरुसुरुमा राम्रै मुल्यमा कोसेली पठाएको र अहिले भन्ने त्यतिकै रहेको बताउँछ्न् । यो वर्ष चियामा रोग देखा पर्न थालेकोले राम्रो मुना नआएको भएपनि राम्रो अर्गानिक चिया बनाएर राखेको उनी बताउँछ्न् । चैत दोस्रो सातादेखि कात्तिकसम्म मुना पलाउने भएकोले कोरोना भाइरसले महामारी रुप लिएसँगै अर्गानिक हाते चियापति घर घर थन्किएर रहने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार