खेल पर्यटनले चिनाएको इलामको जमुना

इलाम : पर्यटकीय क्षेत्रले जति जमुनालाई चिनाएको छ, यसको महत्वपुर्ण कदम खेल पर्यटनले गर्दा हो । आज पर्यटकीय क्षेत्रमा जति जमुनाले उच्चै बनाएको छ, खेल पर्यटन र जमुनाबासी सबैको लगावले गर्दा भएको हो । यसरी पर्यटकीय क्षेत्र चिनाउन र पर्यटकहरू ल्याउन यो ठाँउलाई सबै भन्दा धेरै फूटबल खेलले मद्दत गरेको छ ।

इलाम सदरमुकामसँगै जोडिएको सन्दकपुर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जमुनामा जौवारी, हाँगेथाम, चोयाटार, चन्द्रपाल थेवे ढाप पोखरी, धनरुप पुल, गैरीबास र पुराना गुम्बाहरु भएको जमुनामा पहिले यसको चासो र महत्त्व नबुझदा जमुना ओझेलमा थियो । १ दशक अगाडि जमुना इङला चोयाटारमा जब विश्वमा दुर्लभ मानिएको  रेडपाण्डा (हाब्रे) पाउन थालेको पत्रकार उमेश गुरुङ, बिप्लब भट्टराई र कुमार गुरुङले पत्रपत्रिका र रेडियोबाट प्रचारप्रसार गरे, तब मात्र नयाँ मान्छे रेडपाण्डा हेर्न आउन थालेसँगै जमुनाको अन्य ठाउँहरुको अवलोकन गर्दै फर्किन्थे ।

क्रमस: यसरी पर्यटकहरु रेडपाण्डा हेर्न आउन थालेपछि गाउँलाई आर्थिक लाभसँगै अन्य ठाउँमा पनि गाउँलाई चिनाउने माध्यम बन्दै जान थाल्यो । योसँगै विकासले पनि फड्को मार्दै जान थाल्यो । यो त सुरुवाती थियो जमुना चिनाउने मेसो । अहिले इलामकै सबैभन्दा राम्रो पर्यटन क्षेत्र भएको छ जमुना । कुनै पनि ठाउँलाई छिटो चिनाउन र प्रचारप्रसार गर्न खेल पर्यटनको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा जमुनाबासीले प्रमाणित गरेर देखाएका छन् ।

जमुनाको बर्सेनि लाग्ने कागे मेलालाई खेल पर्यटनमा बदलेर बर्सेनि हुने फुटबल खेलले धेरै युवाको मन तानिने गरेको छ  । यहि खेलमा छिमेकी भारतीय खेलाडीहरुको पनि सहभागी हुने गरेकोले यँहाको प्रचारप्रसार भारतमा पनि हुने गरेको छ । अहिले बर्सेनि हजारौं आन्तरिक र बाह्य पर्यटकहरु जमुना आउने गरेका छन् ।

विशेष गरि जमुनामा इलामकै पहिलो धनरुप पुल र यसको बनावट, चन्द्रपाल थेबे ढाप पोखरी, चोयाटार आकर्षणका केन्द्र हुन् । हाँगेथाम र जौबारी घुम्नै पर्ने ठाँउ बनेको छ । यो सबै खेल पर्यटनको माध्यमबाटै सम्भव भएको हो । खेल पर्यटनले नै जमुनालाई चिनाएसँगै जमुनाबासीमा नयाँ उर्जा थपिएको छ । जमुनालाई अन्तरास्ट्रिय स्तरमा चिनाउन जमुनामा अन्तर्राष्ट्रिय गजधार रंगशाला बनाउने काम भइरहेको छ । २ वर्षमा सक्ने लक्ष सहित थालिएको रंगशाला निर्माण कार्य सम्पन भएपछि जमुनालाई चिनाउन थप सहज हुने छ ।

खेल पर्यटनमा लागिरहेकै कारण जमुनामा २ जना युवा छिरिङ गुरुङ र दर्शन गुरुङ नेपाली राष्ट्रिय फुटबल टिममा पर्न सफल भएका छन् । आजसम्म यसरी एउटै गाउँबाट २/२ जना पर्नु इलामको लागि पहिलो हो । अन्य २ जना यादव गुरुङ र मनिस गुरुङ जिल्ला खेलाडीमा छनोट भएका छन् । आगामी दिनमा धेरै राम्रा फुटबल खेलाडीहरु उत्पादन हुने देखिन्छ । यसबाट गाउँको विकास र गाउँलाई चिनाउन खेल पर्यटन आजको आवस्यता हो भन्ने प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार