ओछ्यानमा थलिएका गंगा (भूपेन्द्र) आङ्देम्बेलाई आर्थिक सहयोग

  युद्धबहादुर बोहोरा
42 Shares

 

 

पाँचथर : प्रवासमा रहेका नेपाली मार्फत ओछ्यानमा थलिएका गंगा (भूपेन्द्र) आङ्देम्बेलाई एक लाख ४६ हजार पाँच सय रुपैंया आर्थिक सहयोग उपलब्ध भएको छ ।

समाजसेवी तथा जनता समाजवादी पार्टी,पाँचथरका नेता एवीराज आङ्देम्वेको पहलमा संकलित रकम पिडितका बुबा टंकनाथ आङ्देम्वेलाई सोमबार हस्तान्तरण गरिएको स्थानीय समाजसेवी देउमान आङ्देम्वे (डिएम) ले जानकारी दिए ।
विगत छ महिना अघि विधुतको खम्बाबाट खसेर मेरुदण्डमा असर भइ घाइते भएका फाल्गुनन्द -१,नवमी डाँडा घर भइ हाल घुर्बिसे पञ्चमी बसोबास गर्दै आएका आङ्देम्वेका २९ वर्षिय जेठा छोरा आर्थिक अभावका कारण उपचार गर्न नपाएर असक्त भइ घरमा विजोग भएको हुँदा उनको उपचारको लागि सहयोग गरिएको समाजसेवी आङ्देम्वेले बताए ।
उक्त रकम जम्मा गर्न युकेबाट शुकराज आङ्देम्वेको अगुवाईमा ६२ हजार रुपैंया,सिंगापुरबाट डिल्ली राज आङ्देम्वे र हेम सेन्दाङ्गले संकलन गरि ३४ हजार ५ सय र कोरियाबाट नयन लिम्बुको नेतृत्वमा ४० हजार रुपैंया उपलब्ध भएको छ । त्यस्तै, समाजसेवी आङ्देम्वेले पाँच हजार रुपैंया र याङ्तारु सेकुवा कर्नर काठमाण्डौंका संचालक दुर्गा आङ्देम्वेबाट पाँच हजार रुपैंया प्रदान गरिएको बताइएको छ । अन्य रकम जुटाउने प्रयास जारी रहेको र इच्छुक महानुभावले सहयोग गरिदिन समेत समाजसेवी आङ्देम्वे तथा पिडित परिवारको अपिल छ ।
यस अघि घाइतेको उपचार गर्न घुर्बिसे पञ्चमी बजार बासीबाट २० हजार एक सय ५५ रुपैंया,फाल्गुनन्द गाँउपालिकाबाट १७ हजार रुपैंया,इलाम फाकफोकथुम गाँउपालिकाबाट २० हजार रुपैंया र फाल्गुनन्द -१,नवमी डाँडाका आफन्तबाट २ हजार चार सय रुपैंया नगद सहयोग भएको थियो । शुरुमा उपचारको लागि झापास्थित विर्ता सिटी अस्पतालमा हार्डजोर्नी सम्बन्धि उपचार गर्न करीब आठ लाख रुपैंया रकम लाग्ने भएपछि खर्च अभावका कारण थप उपचार गर्न नसकिएको परिवारको दुखेसो छ ।
न्यून आर्थिक भएका घाइत युवाको हाल कम्मर मुनिको भाग नचल्ने अवस्था हुँदा उनका एक छोरा,एक छोरी र श्रीमति सहितको परिवार चलाउन कठिनाइ भएको पिडा सुनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार