बालकको मृत्युको विषयमा गलत प्रचार भएको भन्दै मृतका आफन्तले जनाए आपत्ति(भिडियो सहित)

  नयाँ बुलन्द  2692 पटक हेरिएको

झापा :  चुलेसीले हात काटेर उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएका बालकको मृत्युको विषयमा गलत प्रचार भएको भन्दै मृतका आफन्तले आपत्ति जनाएका छन् ।

घटनाको विषयमा जानकारी दिदै मृतकका हजुरवुवा पुण्यप्रसाद पौडेल र वुवा लक्ष्मण चम्लगाई ।

शुक्रवार इलामबाट लक्ष्मण चम्लगाईले १७ महिनाका छोराको हात काटिएपछि उपचारका लागि अस्पताल ल्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल र चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै सामाजिक संजालमा टिका टिप्पणी भएको थियो ।
अस्पताल सञ्चालक दुर्गा प्रसाईको समेत नाम जोडेर भएको टिका टिप्पणी प्रति मृतकका हजुरवुवा पुण्यप्रसाद पौड्यालले गलत हल्ला फैलाएर घटनालाई तोडमोड गरेको आरोप लगाए । विपक्षीहरु र पत्रकारहरुले घटनालाई तोडमोड गरे र दुर्गा प्रसाईले बार्गेनिङ गरे भनिएको छ घटना त्यस्तो होइन मृतक वालकका हजुरवुवा पौडेलले भने – उपचार गर्ने क्रममा बालकको निधन भएको हो यो सत्य हो ।

खेल्ने क्रममा बच्चाको हात चुलेसीमा परेर काटेको रहेको पौडेलले भने – अस्पतालमा बच्चाको शल्यक्रिया भयो, उपचार हुँदैथियो तर , बच्चा नफर्कने बाटामा गएको छ यो दोष दिने अवस्था कसैलाई पनि छैन तर दुर्गा प्रसाई र अस्पतालको यो घटनामा कुनै सम्लग्नता छैन ।पुर्वान्चल दैनिकको सहयोगमा

(श्रब्यदृष्य सामग्री )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार