कोरोना संक्रमण नियन्त्रण गर्न सबै एक हुनुपर्छ : मुख्यमन्त्री राई

  नयाँ बुलन्द  105 पटक हेरिएको

इलाम : प्रदेश १ का मूख्य मन्त्री शेरधन राईले कोरोना संक्रमण नियन्त्रण गर्न सबै एक हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमणले त्रसित बनाइरहेको र यसमा सबै एक भएर लाग्नुबाहेककोे विकल्प नरहेको बताएका हुन् ।

मानवअधिकार मञ्च नेपाल इलामको आयोजनामा ‘कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ विषयमा भएको बतृत्वकलाको उद्घघाटन गर्दे मुख्यमन्त्री राईले यस्तो कोरोना संक्रमण नियन्त्रण गर्न आत्मबल बढाउन बाहेक अरु कुनै विकल्प अहिलेसम्म नदेखिएको कारण सबै सचेत रहन पनि आग्रह गरे ।

उनले कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन हुन नसक्दा धेरै बालबालिका आन्योलमा रहेको भन्दै शैक्षिक सत्र नगुमोस भन्नेमा सचेत र संवेदनशील रहेको बताए । अबका दिनमा उच्च सावधानी र सर्तकता अपनाएर विद्यालय खोल्नुको विकल्प नरहेको राईको भनाई छ ।

उनले बालबालिकामा विभिन्न प्रतिभा रहेका हुन्छन त्यस्ता प्रतिभा प्रस्फुटन गराउनका लागि विभिन्न प्रतियोगता आवश्यक पर्ने बताए । प्रदेश स्तरीय प्रतियोगिताका लागि प्रदेश १ का १४ जिल्लाका १४ जना बालबालिका प्रतिस्पर्दा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार