युवा नेता खड्काले गरे ब्लड क्यान्सर पिडितलाई सहयोग

  नयाँ बुलन्द
0 Shares

इलाम : समाजसेवी तथा नेपाली कांग्रेस इलामका युवा नेता डम्बर खडकाले क्यान्सर पीडितलाई रकम सहयोग गरेका छन । इलाम नगरपालीका वडा नं ५ का ब्लड क्यान्सर पिडित १८ बर्षिय सोम ढकाललाई उपचारका लागी एकतिसहजार रुपँया नगद आर्थिक सहयोग गरेका हुन ।

बिगत ६ महिना अघि देखि काठमाडौको टिचिङ अस्पतालमा उपचारार्थ पिडितका बुबा गोपाल ढकाललाइ उक्त रकम नेता खडकाले हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था अति नै कमजोर भएका ढकाल परिवार लाई खड्का ले सहयोग गरेका हुन ।

दैनिक ज्याालादारी गरेर गुजारा चलाईरहेका ढकालका छोरा ब्लड क्यान्सर बाट पिडित भएपछि आर्थिक सहयोगका लागि नेता खडका सँग आग्रह गरेपछि घरमै पुगेर नेता खड्काले उपलब्ध गराएका थिए ।

सोम ढकाल बचाँउ अभियान मार्फत हाल सम्म करीब बाह्रलाख रुपँया तथा आफनै गाँउघर जिल्लाबासी तथा बिदेशमा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुबाट सहयोग जुटेको पिडितका पिता गोपाल ढकालले बताए । अझै आठ दशलाख रकम जम्मा गर्न सके मात्र अस्पतालबाट ल्याउन सकिने समेत बिरामीका बुवाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार