सरकार : किन बाँकी राख्‍ने, ‘अर्ध-निषेधाज्ञा’ ?

  निनाम कुलुङ ‘मंगले’  109 पटक हेरिएको

निनाम कुलुङ ‘मंगले’

सरकारले ‘निषेधाज्ञा’ लागू भएपछिको समयमा समाचारमाध्यमहरुमा तथ्य–तथ्यांकहरु आई रहेकै छ कि, ‘निषेधाज्ञा’अघि कति मान्छेहरु बिरामी थिए ? कति मान्छेहरु मरेका थिए ? तापनि भन्नै पर्दा गत भदौं २७ गतेसम्म कोरोना भाइरसका कारण नेपालमा ५३ हजार १२० जना बिरामी भएका छन् भने, मृत्य हुनेको संख्या पनि ३३६ जना पुगेको छ । त्यस्तै निको भएर घर फर्कनेहरुको संख्या ३७ हजार ५२४ जना रहेको छ । आज कति बढ्ने हो अहिलेसम्म तथ्यांक आई सकेको छैन ।

त्यसैले यहाँ पछिल्लोपटक (गत भदौ ४ गतेदेखि) सरकारले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा जारी गरेको निषेधाज्ञा, जुन लकडाउन भन्दा खतरा ! र कडा थियो, यो निषेधाज्ञा पनि निम्नस्तरका गरीब, दुःखी र सर्वसाधारण जनताहरुलाई उचित र सहुलियत दरमा केही न केही राहत वितरण गर्ने, गरीब, दुःखी र निम्न आय भएका जनतालाई चाहिने अत्यावश्यक वस्तु र आधारभूत सेवा–सुविधाहरु सर्व–सुलभ ढंगले र, पायकपर्ने ठाऊँमा तत्कालै उपलब्ध गराउन सक्ने व्यवस्था लगायतका कामहरुका लागि पूर्व तयारी नगरीकनै निषेधाज्ञा गरिो । सरकार साँच्चै जिम्मेवार र गम्भीर भएको भए, सबैलाई नभए तापनि कम्तिमा आधारभूत तहबाट हेर्दा सबैभन्दा तल्लोस्तरमा जीवन निर्वाह गरी रहेका अति गरीब, दुःखी र निमुखा जनतालाई भेदभाव नगरीकन केही न केही राहत प्याकेज दिएर मात्रै निषेधाज्ञा लागू गरिनु पथ्र्यो । देश–व्यापी रुपमा नभए तापनि कोरोनाको शंका लागेको वा नयाँ मान्छेहरु बाहिरबाट आएको क्षेत्र छुट्याएर कोरोना संक्रमित भएको, नभएकोबारे पिसिआर परिक्षण गर्नु पथ्र्यो । तर, सरकारले भने आवश्यक रुपमा त्यसरी पिसिआर परिक्षण गर्न नसकी रहेको अवस्था थियो ।

त्यसैले कोरोनाको नाममा जारी रहेको (हाल लगभग ४७ जिल्लामा) निषेधाज्ञा, जुन लकडाउन भन्दा खतरा ! र कडा छ, यो निषेधाज्ञाले पनि निम्नस्तरका गरीब, दुःखी र सर्वसाधारण जनताहरुलाई उचित र सहुलियत दरमा केही न केही राहत वितर नगरी र, गरीब, दुःखी र निम्न आय भएका जनतालाई चाहिने अत्यावश्यक वस्तु र आधारभूत सेवा–सुविधाहरु सर्व–सुलभ ढंगले र, पायकपर्ने ठाऊँमा तत्कालै उपलब्ध गराउन सक्ने व्यवस्था नगरी, काम गरेर खाने वातावरण पनि नदिई, जुन निषेधाज्ञा जारी गरिएको छ, सरकारको यस्तो गैर जिम्मेवार र गम्भीरता बिनाको निषेधाज्ञालाई मान्छेहरुले कहिलेसम्म धैर्यता पूर्वक सहने हुन् ? भन्न सकिन्न । किनभने जर्मनी, बेलायत जस्ता विकशित देश जहाँ सबै कुरो राज्यले हेर्ने गर्छ, त्यस्तो देशमा त अब अति भो सरकार ! भनेर त्यहाँका जनताहरु लकडाउनका विरुद्घ सडकमा उत्रन थालेका छन् । त्यसैले अभैm पनि सरकारले कम्तिमा आधारभूत तहबाट हेर्दा अति न्युन आय भएका वा दिनदिनै काम नगरी खान नपाउने मानिसहरुका लागि खान्तेपिन्ते र अत्यावश्यक चिजबिचहरुको व्यवस्थापन नगरी यो वा त्यो नाममा निषेधाज्ञा मात्रै जारी गरी रहेमा …

हुन पनि नेपालका साँच्चैका गरीब अर्थात् दिन–दिनै काम नगरीकन बिहान–बेलुका खान नपाउने सर्व–साधारण अर्थात् अति गरिब मानिसहरु कसरी बाँची रहेका होलान् ?, निम्न मध्यम–वर्ग र मध्यम वर्ग भनिएकाहरुको पनि हालत के छ ? खास गरी यो समस्या सहरी क्षेत्रमा बस्ने अति गरिबहरुमा टड्कारो देखिन्छ । त्यही भएर पनि होला, वर्तमान सरकारले आप्mनो सत्तालाई दाऊ ! मा राखेरै भए पनि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञाको समयावधि एक हप्ताका लागि पुनः थपेको छ । हुन त यो भन्दा अगाडिको लकडाउनले सूर्यबहादुर तामाङको ज्यान लिएको प्रसंग माथि नै उल्लेख भएको छ । कीर्तिपुरको बजार क्षेत्रमा भारी बोकेर जीवन गुजारा गरी रहेका धादिङ जिल्लाका सूर्यबहादुर तामाङले लकडाउनका कारण काम पाएनन्, काम नपाएपछि स्वभावतः उनले खान पनि पाएनन् । त्यसैले उनी खान नपाएरै गत वैसाख ११ गते मरे ! त्यो वेला एक अनलाइन पोर्टलमा उल्लेख भएको समाचारअनुसार सूर्यबहादुर तामाङले लकडाउनका वेला टोलमा क्लबले निःशुल्क बाँडेको खाना खाएर र, पाटीमा सुतेर बाँची रहेका थिए । त्यसैले अहिले देशको लगभग ४९ देखि ५१ जिल्लामा लागू भएको निषेधाज्ञाले पनि भारी बोकेर जीवन गुजारा गर्ने सूर्यबहादुर तामाङको जस्तो मृत्यु अरु कुनै … बहादुरहरुले वरण गर्न नपरोस्, भन्ने कामना गर्ने हो, हामीले ।
अर्को महत्वपूर्ण प्रश्न भनेको सरकारले यो, त्यो, ऊ, …, अनेक बहानामा काठमाण्डौं उपत्यकामा फेरि ‘अर्ध–निषेधाज्ञा !’ थपेर कायमै राखेको अवस्थामा पनि कोरोनाको संक्रमणले अरु बढी गति लिई रहेको देखिन्छ । यही समयमा कोरोनाको संक्रमणले मर्ने मान्छेहरुको संख्यामा पनि डबलभन्दा पनि बढीको संख्यामा उकालो लागेको देखिन्छ । किन यस्तो भयो ? यसरी हेर्दा निषेधाज्ञा लागू भएको अवस्थामा पनि किन कोरोना संक्रमितहरुको संख्या घटेन ? वा स्थीर रहेन ?अझ भन्ने नै हो भने, लकडाउन लागू गरेको वेलामा नेपालमा कति जना मानिसमा कोरोना संक्रमण देखिएको थियो ? लकडाउन खोलेर फेरि खुल्ला हुँदा कति कोरोना संक्रमित थिए र, अहिले (निषेधाज्ञा जारी गरेपछिको पछिल्लो समयमा) कति पुग्यो ? मैले यहाँ डाटा देखाई रहनु नपर्ला ! त्यसैले अब नेपाल सरकारले मानिसहरु खान नपाएर मरुन् कि बाँचून ? मतलब नगरी निषेधाज्ञालाई निरन्तर थप्दै जाने भन्दा पनि निश्चित विधि, विधान र नियम, कानुन बनाएर र, त्यसलाई हामी सबैले कडाईका साथ अपनाएर निषेधाज्ञा हटाउनु पर्छ÷खोल्नु पर्छ । भाइरल रोग विज्ञहरुका अनुसार कोरोना संक्रमणको बारेमा (कति व्यापक र खतरनाक छ ! भन्ने बारे) मान्छेहरुले आपैmले बुझेर अनिवार्य मास्क लगाउने, निश्चित दुरी कायम गर्ने र अनावश्यक भीडभाड नगर्ने÷भीडभाडमा नजाने हो भने, लकडाउन वा निषेधाज्ञा लगाई रहनै पर्दैन ।

केही विषय विज्ञहरुले यो महामारीको भाइरसले (कोभिड–१९) ले सन् २०२२ देखि २०२५ सम्म पनि आप्mनो प्रभाव कायम राख्न सक्छ भनेका छन् । केही विषय विज्ञहरुले यो महामारी एचआईभी÷एडस् जस्तै दीर्घ कालसम्म रहन सक्छ भनेका छन् । त्यस्तै पछिल्लोपटक संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको ‘विश्व स्वास्थ्य संगठन (युएनडब्लुएचओ)’ का प्रमुखले पनि कोरोना ठीक हुन अभैm दुई वर्ष लाग्ने भनेका छन् । सरकारले ‘सन् २०२५ सम्मै !’ वा दुई वर्षसम्मै निषेधाज्ञा कायम राखी राख्ने हो त ? यो कुरो त पक्कै पनि व्यवहारिक नहोला ?

त्यसैले गरीब, दुःखी र निमुखा जनताहरुलाई कहिलेसम्म खालि पेट वा भनौं भोकै राख्ने ? उनीहरुलाई न त राहतस्वरुप नगद वा खाद्य सामग्री वितरण गरिएको छ, न त सहुलियत दरमा नै खाद्यान वितरण गरिएको छ, न त अन्य आवश्यक व्यवस्थावन गरिएको छ ? गरीब, दुःखी र निमुखा जनताहरु अभैm पनि सम्माननीय राष्ट्रपति ज्युले भन्नु भएभैmँ ‘भावनामा नबगी !’ बसी रहेकै छन् !, अनेकखाले मृत्युहरुको डर बोक्दै ‘निषेधाज्ञा मानेर बस्ने ? त्यसैले सरकार, अब जति सक्दो चाँडो ‘निषेधाज्ञा’ खोल्नु पथ्र्यो । तर, भदौ १७ गतेसम्मको ‘निषेधाज्ञा’ पुनः २४ सम्मका लगि भनी थपेको थियो भने, भदौ २५ गतेखि ‘अर्ध–निषेधाज्ञा !’ को अवस्था छ । यो ५÷६ महिनाको अवधिमा लगभग सबै नेपालीहरुलाई ‘नोभेलकोरोना भाइरस कसरी सर्छ ? यसले कस्तो–कस्तो अवस्थाका मानिसहरुलाई बढी आक्रमण गर्छ ? कुन–कुन रोगका दीर्घ रोगीहरुलाई भेटेमा कोरोनाले मर्नुको अर्को विकल्प छैन ! भन्छ ? थाहा पाई सकेकोले गर्दा र, हिन्दुहरुको महान चाड बडा दसैं पनि आई सकेकोले गर्दा अरु बढी जनचेनताका कार्यक्रमसहित ‘अर्ध–निषेधाज्ञा !’लाई पनि अब पूर्ण रुपमा खोल्नुको अर्को विकल्प देखिदैन ।

नोटःथप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९

ninamkirat123@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार